२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

लडेर एकको मृत्यु

खोटाङको –५ चिसापानीका ८७ वर्षीय नीरबहादुर राईको लडेर मृत्यु भएको छ। घरभन्दा केही टाढा गएर फर्कने क्रममा बिहीबार साँझ लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

११ योजनाको एउटै उपभोक्ता समितिमा अख्तियारको आँखा

जन्तेढुंगा गाउँपालिकामा ११ अलग–अलग योजनाका लागि एउटै उपभोक्ता समिति गठन गरिएको विषयमा अख्तियारले जवाफ मागेको छ।

मापदण्ड विपरित भेरीमा मन्त्रीको क्रसर उद्योग

विस २०७१ मा भेरी नदीमा आएको बाढीले बराहताल–२ स्थित थापाडेरामा ठूलो क्षति पुर्‍यायो। ५० भन्दाबढी स्थानीयको घर–खेत पुर्‍यो। १० जनाले ज्यान गुमाए। खेतीयोग्य जमिन बगरमा परिणत भयो। भेरीको भेलले विस्थापित भएकाहरु कर्णाली राजमार्ग छेउको गिरीघाटमा कष्टकर जीवन विताइरहेका छन्। विस्थापितहरुको थातथलोमा भने बालुवा र ढुंगा तस्कारहरुले ‘राज’ गरिरहेका छन्।

ढुंगाले लागेर बालिकाको मृत्यु

इलाम नगरपालिका–८ मा ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ। नगरपालिकाको सिङफ्रिङ नजिकै गरिमा टोलको कच्ची सडक खन्नेक्रममा ढुंगा लडेर लाग्दा स्थानीय देवी नेउपानेकी १३ वर्षीया छोरी एलिसाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ओखलढुंगामा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता गर्ने बढे

जिल्ला अदालत ओखलढुंगामा भदौ १ पछि फागुन मसान्तसम्म दर्ता हुन आएका एक सय ३८ मुद्दामध्ये ४४ वटा सम्बन्धविच्छेदका छन्। ४४ मध्ये १८ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।

वन मासेर ढुंगाखानी

अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गर्नका निम्ति यहाँका डाँडाकाँडा ताछिएका छन् । वनक्षेत्रमा पर्ने करिव ५ किमी क्षेत्रफल मरुभूमिजस्तै भएको छ । लेले, नल्लु खोलाको धार परिवर्तन गरिएको छ । बिहानदेखि बेलुकीसम्म ढुंगा, गिटी र बालुवा बोक्न प्रयोग गरिएका ट्रिपरका कारण उपत्यकालाई हेटौंडासँग जोड्ने सबैभन्दा छोटो मार्ग कान्तिलोकपथ निर्माणमा समेत बाधा पुगेको छ ।

एघारा योजनाको उपभोक्ता समिति एउटै

अलगअलग उपभोक्ता समितिमार्फत काम गर्नु/गराउनुपर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ११ वटा सडक योजनाका लागि एउटै उपभोक्ता समिति गठन गरिएको पाइएको छ। उपभोक्ता समिति गठन निर्देशिकाविपरीत एउटै उपभोक्ता समितिमार्फत २८ लाख ५० हजार रुपैयाँ निकासा गरी ११ वटा योजनाको काम अघि बढाइएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

सेटिङमा चुरे क्षेत्रबाट ढुंगा उत्खनन

धनगढीमाई नगरपालिका– १४ खुट्टीस्थित चुरे क्षेत्रबाट ढुंगा उत्खनन गरी निकासी तीव्र पारिएको छ। दिनभरि उत्खनन गरी साँझ टिपरमा लोड हुने गरेकाे पाइएको छ।

एकसय घरधुरी ढुंगाको उच्च जोखिममा

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकास्थित रुकुका २ गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिको ठूलो ढुंगा भएको डाँडा खस्ने खतरा भएपछि त्यहाँका एकसय घरधुरी पहिलोको उच्च जोखिममा परेका हुन्।

पिकेदेम्बामा म्याराथन हुने

ओखलढुंगास्थित ४२ सय मिटर अग्लो स्थानमा पिकेदेम्बामा म्याराथन हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित ओखलढुंगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको हो । म्याराथन नेपाल, पर्यटन बोर्डको प्रवद्र्धन र ओखलढुंगा पर्यटन विकास समितिको आयोजनामामा चैत २३ गते म्याराथन हुने लागेको हो।

ओखलढुंगाकाे पिकेदेम्बामा म्याराथन हुने

ओखलढुंगास्थित ४२ सय मिटर अग्लो स्थानमा पिकेदेम्वामा म्याराथन हुने भएको छ। खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहिते ओखलढुङगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको हो ।

बस र सुमो आपसमा ठोक्किँदा ६ घाइते, एकको अवस्था गम्भीर

मध्य पहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्डमा सुमो र बस एक आपसमा ठोकिदा सुमोमा सवार ६ जना यात्रु घाईते भएका छन।

ओखलढुंगाको रामपुरमा पुल बन्ने

मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चा र मुख्य व्यापारिक केन्द्र रामपुर बजार जोड्न पुल बनाउने योजना अघि बढाइएको छ। रामपुर र प्राप्चाको बीचमा रहेको मोलुङ खोलामा ७ सय ५६ मिटर लामो झोलुंगे पुल निर्माण गर्ने तयारी थालिएको हो।

रोजर फेडेररद्वारा १०० औं उपाधि पूरा

स्विस स्टार रोजर फेडेररले आफ्नो टेनिस करियरमा अर्को कोसेढुंगा पार गरेका छन्। दुबई ओपन टेनिसको फाइनलमा ग्रिसका स्टेफानोस सिट्सिपासलाई पराजित गर्दै फेडेररले १०० औं एटिपी टुर उपाधि पूरा गरे।

सरकारी आयोजनाबाटै मनपरी उत्खनन

नदीजन्य पदार्थ (ढुंगागिट्टी ) उत्खननका लागि सरकारले बर्सेनि कार्यविधि तयार पार्दै आएको छ। तर यस्तो कार्यविधिको बारम्बार उल्लंघन हुँदै आएको छ। मूलतः मनपरी उत्खननमा यसको अवैध कारोबारी सक्रिय रहेको आरोप लाग्ने गरेको छ। सरकारकै ठूल्ठूला आयोजनाले समेत सरकारी मापदण्ड उल्लंघन गर्दै आएका छन्। आयोजना निर्माणका नाममा खोला वा नदीको धारै परिवर्तन हुनेगरी गरिएको उत्खननले देउखुरीमा सर्वसाधारणको जमिन कटानको जोखिम व्यापक देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्