२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अवैध रूपमा सञ्चालन गरेको भन्दै चुनढुंगा उत्खननमा रोक

कसमस सिमेन्ट उद्योगको उदयपुरस्थित चुनढुंगा खानी अवैध भएको भन्दै वन कार्यालयले उत्खननमा बन्देज गरेको छ। ६ महिनाअघि सञ्चालनमा आएको जिल्लाको उदयपुरगढी गाउँपालिका ४ र ५ को सीमामा माटीखोलास्थित अमिलेपाखामा सञ्चालित खानी कानुनी प्रक्रिया नपु-याको पाइएपछि रोक लगाइएको हो।

बुहारीले गरिन ससुराको हत्या

ओखलढुङ्गामा बुहारीले आफ्नै ससुराको हत्या गरेकी छन्। सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ३० वर्षीय तारादेवी गुरुङले करिब ७५ वर्षका आफ्ना ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन्।

ओखलढुंगामा वैवाहिक बलात्कारका दुई मुद्दा

ओखलढुंगामा दुई वर्षको अवधिमा दुईटा वैवाहिक बलात्कारको मुद्दा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा चालु आर्थिक वर्षको मंसिर महिनामा एक जना पक्राउ परेका छन्। चम्पादेवी गाउँपालिका २ का २६ वर्षीय (नाम परिवर्तन) बहादुर विकलाई श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

ढुंगा पन्छाउन ‘ब्लास्टिङ’ गर्ने

चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकमा शुक्रबारदेखि ‘ड्रिलिङ’ थालिने भएको छ। सात महिनाअघि ट्र्याक खोलिएको सडकको पहिरो पन्छाउन ब्लास्टिङ गर्नुपर्ने भएपछि शुक्रबार ड्रिलिङ सुरु गर्न लागिएको हो। सडकमा ठूलाठूला ढुंगा खसेकाले ब्लास्टिङ गर्नुपर्ने अवस्था आएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

ओखलढुंगामा दुईओटा नेविसंघ गठन

ओखलढुंगामा दुई समूहका छुट्टाछुट्टै नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन भएका छन्। १२ औं जिल्ला अधिवेशनबाट जिल्लामा नेविसंघका दुईवटा समिति गठन भएका हुन्। नेपाली कांग्रेसभित्रका नेताबीच विवादको असर भ्रातृ संगठन नेविसंघमा परेको हो। विवादकैबीच नेविसंघमा दुई समिति गठन भएका हुन्।

ओखलढुंगामा हिमपात, पठनपाठनमा समस्या

ओखलढुंगामा हिमपात भएको छ। बुधबार बिहानैदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात भएको हो। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको ठाँडेडाँडा, खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे, पात्ले, काती, रावादोलु, भुसिंगा लगायतका माथिल्लो क्षेत्रमा हिमपात भएको छ।

संघीय मामिला मन्त्रालयको गाडीमा ढुंगा प्रहार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव लक्ष्मी निरौला चढेको गाडीमा ढुंगा प्रहार भएकाे छ। नयाँ बानेश्वरको संसद भवन अगाडि उभिएकाे एक समूहले सो गाडी तोडफोड गरेका हुन। संसद भवन अगाडी हुल हुज्जत गरी बसेका एक समूले सरकारी गाडी देख्ने वित्तिकै ढुंगा प्रहार गरेका थिए।

गिटी ढुंगा उत्खनन् रोक

डिभिजन वन कार्यालय खोटाङले बगरे भञ्ज्याङबाट भइरहेको गिटी ढुंगा उत्खननमा रोक लगाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा रहेको डाँडाखर्क खिसापत्रे सामुदायिक वन क्षेत्रमा पर्ने बगरेभञ्ज्याङबाट पटक–पटक ढुंगा गिटी उत्खनन्् भइरहेको उजुरीका आधारमा डिभिजन वन कार्यालयले सो कार्यमा रोक लगाएको हो।

भासिएका भागको अझै भएन मर्मत

नारायणगढ–मुग्लिन सडकखण्डको यात्रा सहज भएको छ। चालीस मिनेटदेखि एक घन्टासम्ममा सजिलै पार गर्न सकिन्छ। तर सत्रकिलो र छब्बीसकिलोनजिक भालुढुंगामा भासिएको सडक मर्मत हुन नसक्दा अलि असहज भइरहेको छ। त्यहाँ एकतर्फी मात्र यातायात सञ्चालन हुने गरेको छ।

पाँच किलोमिटर सडक खन्न १५ वर्ष

साढे पाँच किलोमिटर बाटो खन्न १५ वर्ष लागेको छ। दोलखा जिल्लाको सदरमुकाम चरिकोटनजिकै डिलढुंगा–सोक्ला–खेलाप सडक खन्न १५ वर्ष लागेको हो। उक्त सडकको सर्भे १५ वर्षअघि भिमेश्वर नगरपालिकाको नेतृत्वमा भएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तमा ट्रयाक पूरा भएको छ।

सिमेन्ट उत्पादन गर्न भौगर्भिक अध्ययन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको बोझेढाँडमा रहेको चुनढुंगाबाट सिमेन्ट उत्पादन गर्न विस्तृत भौगर्भिक अध्ययन थालिएको छ। हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा रहेको बोझेढाँढमा पाइने चुनढुंगाबाट सिमेन्ट उत्पादनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभागले भौगर्भिक अध्ययन थालेको हो।

मानेभञ्ज्याङ्गमा १२ विद्यालयको विद्यार्थी संख्या २० भन्दा कम

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्नुको साटो वर्षेनी घट्दो छ। शिक्षा नियावलीमा पहाडका विद्यालयमा एक शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ।

होर्डिङ बोर्डले कुरूप बन्दै बजार

जिल्लाको मुख्य प्रवेशद्वार मानेभन्ज्याङ गाउँपालिकाको हर्कपुरदेखि सदरमुकामसम्म राखिएका मदिराका ठूलाठूला लाइट बोर्ड र होर्डिङ बोर्डले बजारलाई कुरूप बनाएका छन्। मदिरा कम्पनीहरूले विज्ञापनका लागि राखेका त्यस्ता बोर्डहरूले बजारको पहिचान र मौलिकतामा असर पुर्‍याएका छन्।

अाजै घुमाैंँ भीमढुंगा

जाडोमा न्यानो पहार ताप्न पाइन्छ भीमढुंगामा। हिँडेर जाने कि गुडेर, दुबै सुविधा छ। खान, बस्न र आराम गर्न होटल एवं होमस्टे पनि छँदैछन्। चिटिक्क घर। सफा आँगन। नजिकै करेसा बारी। बारीमा लहलह सागसब्जी। चारैतिर खुल्ला दृष्य। नागार्जुन डाँडाको फेदमा अबस्थित थाप्ले (१,८०० मिटर) सुन्दर छ।

बनमा लागेको डढेलो नियन्त्रण बाहिर

खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। स्थानीय ढाँडेपाखा–हाँडीखोलास्थित डम्बर्खुशिवालय सामुदायीक बनमा बुधबार दिउँसो १ बजेदेखि सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्