२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मृत्यु रोकेको धनदेवीको त्यो डाँको...

मध्यरातमा गाउँ मस्त निद्रामा थियो। तर गत आइतबार मध्यरात २ बजेर ३९ मिनेटमा खाँडागाउँकी धनदेवी न्यौपाने जागिन्। धनदेवीको त्यो निद्रा भंगताले कालिकोट खाँडागाउँका सयौ जनाको संभावित काल रोक्यो।

म्याद थपिन्छ, काम सकिँदैन

ठेक्का सम्झौताअनुसार त्रिपुरेश्वर–नागढुंगा (१२.६ किलोमिटर)को सडक २०७४ पुस मसान्तभित्रै सडक निर्माण भइसक्नुपथ्र्याे। सडक निर्माणको सम्झौता सकिएको एक वर्ष पुग्न लाग्दा पनि सडक अधुरै छ। ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न गर्न नसकेपछि अहिलेसम्म सडकको ५० प्रतिशत काम मात्रै सकिएको छ।

सुत्केरी ढुंगाको पुँजी २ करोड ६४ लाख

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारीको पुँजी साँढे दुई करोड नाघेको छ। ०६९ भदौ ३१ गते स्थापना भएको सहकारीको पुँजी हालसम्म दुई करोड ६४ लाख ७८ हजार नाघेको हो।

बगर जोत्दै, ढुंगा निकाल्दै

सामान्यतया नदी, खोलाको बगर जोतेर किसानले केरा, परबल, उखुजस्ता उपयुक्त खेती गरेर बाली उब्जाउने गर्छन्।

सांसद दुलाल चढेको गाडीमा ढुंगा प्रहार

प्रदेश तीनका पूर्वमन्त्री केशव स्थापितलाई भेटेर फर्कंदै गरेका दुई प्रदेश सांसद चढेको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौं महानगरपालिका ६ बौद्ध महांकाल पानीट्याङकी नजिक सडकमा प्रदेश नम्बर ३ का सांसद गणेश दुलाल सवार बा१९च ४९८ नम्बरको गाडीमा ढुंगा प्रहार गरिएको थियो।

पुनर्निर्माण प्राधिकरणविरुद्ध ७ सय मुद्दा

ओखलढुंगाका सात सय भूकम्प पीडितले सरकारले दिने अनुदान नपाएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा हालेका छन्। लाभग्राहीको सूचीमा पीडितको नाम समावेश नभएको भन्दै प्राधिकरणविरुद्ध भूकम्प पीडितहरुले मुद्दा हालेका हुन्।

असारमा सक्नुपर्ने काम बल्ल सुरु

ठेक्का सम्झौता अनुसार नागढुंगा–नौबिसे सडक खण्डको सडक मर्मतसम्भार असार मसान्तभित्रै हुनुपथ्र्याे । दसैंको पूर्वसन्ध्यामा नागढुंगा–नौबिसे सडकखण्डमा जामै हुँदैन्थ्यो।

सवारी जाम कम गराउन अस्थायी पोष्ट र विशेष फोर्स

राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्डमा हुने बढ्दो जामलाई कम गर्न प्रहरीले अस्थायी पोष्ट स्थापना गरिएको छ। काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीको टोलीले विशेष फोर्स खटाएर जाम कम गराएका छन्।

‘सुरक्षा घर’ आफै असुरक्षामा

अन्यायमा परेका महिला तथा बालिकालाई राख्न ओखलढुंगामा ‘सेफ हाउस’ (सुरक्षित घर) स्थापना गरिएको छ । न्याय खोज्दै सदरमुकाम आउने बेसहारा महिला तथा बालबालिकालाई यसमा राख्ने गरिन्छ । उनीहरूलाई खाना र आवासको व्यवस्था गरिएको छ।

चुरे क्षेत्रबाट ब्यापक ढुंगा तस्करी

कैलालीको चुरे क्षेत्रबाट ब्यापक मात्रामा ढुंगा तस्करी भइरहेको छ। दिनहुँ सयौं ट्याक्टरले वातावरणीय दृष्टिकोणले महत्वपूर्ण चुरे क्षेत्रबाट ढुंगा तस्करी गरिरहेका छन्। कतिपय ठाउँमा ढुंगा उत्खननमा स्काभेटरको समेत प्रयोग भएको पाइएको छ।

प्रदूषण बढेको भन्दै स्थानीयले बन्द गरे कलंकी–नागढुंगा सडक (भिडियो)

समयमै सडक निर्माण नहुँदा धुलोधुवाले प्रदूषण बढेको भन्दै स्थानीय वासिन्दाले शुक्रबार कलंकी–नागढुंगा सडक अवरुद्ध पारेका छन्। उनीहरुले समयमै निर्माण सक्न माग गरेका छन्। उनीहरुले ‘धुलो हामी खाँदैनौं, कति वर्ष लाग्छ सरकार यो बाटो बन्न? धुलोमा बस्ने हाम्रो बाध्यता हो?’ भन्दै नाराबाजी गरेका थिए। स्थानीयको प्रदर्शनले यातायात प्रभावित समेत भएको छ।

अवैध ढुंगा बालुवा उत्खनन् गर्नेलाई नगरपालिकाकै संरक्षण

टीकापुर नगरपालिकाले कर्णाली नदीबाट ढुंगा बालुवा उत्खनन् कार्यमा संलग्न व्यक्तिलाई कारवाही गर्नुको साँटो उल्टै संरक्षण गरेको पाइएको छ।

नगरप्रमुखको कार्यशैलीप्रति उपप्रमुखको असन्तुष्टि

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको कार्यशैलीबाट नगर उपप्रमुख र वडाध्यक्षहरू असन्तुष्ट बन्न थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्