२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

असारमा सक्नुपर्ने काम बल्ल सुरु

ठेक्का सम्झौता अनुसार नागढुंगा–नौबिसे सडक खण्डको सडक मर्मतसम्भार असार मसान्तभित्रै हुनुपथ्र्याे । दसैंको पूर्वसन्ध्यामा नागढुंगा–नौबिसे सडकखण्डमा जामै हुँदैन्थ्यो। तर, नागढुंगा–पीपलामोड दुई किलोमिटर सडकको मर्मतसम्भारको जिम्मा पाएको कृश/महाकाली जेभीले ठेकेदार कम्पनीको लापरवाहीले दसैंको पूर्वसन्ध्यामा घर फर्कने हजारौं यात्रुले सास्ती पाएका छन्।

सडक डिभिजन कार्यालय काठमाडौं २ ले नागढुंगा–पीपलामोडसम्मको २ किलोमिटर सडकको मर्मतसम्भार असार मसान्तभित्रै सम्पन्न गर्नुपर्ने सम्झौता गरेका थिए।

तर, ठेकेदार कम्पनीले सम्झौता गरेको साढे दुई महिनापछि मात्रै सडक मर्मतसम्भार गर्न लाग्दा समस्या भएको हो । यातायात अधिकारकर्मी रामबहादुर थापा ठेकेदार कम्पनीको चरम लापरवाहीले दसैंमा घर फर्केने यात्रुले सास्ती भोगेको बताउँछन्। ‘समय हुन्ञ्जेलसम्म ठेकेदार कम्पनीले आँखा चिम्लेर बस्छन्,’ उनले भने, ‘जब चाडपर्व नजिकिँदै जान्छ। हतार–हतार कालोपत्रे गरिन्छ । योे प्रवृत्तिले समस्या उब्जाएको हो ।’ उनका अनुसार  सडक डिभिजन कार्यालय काठमाडौं २ ले ठेकेदार कम्पनीले ठेकेदार कम्पनीलाई  कडीकडाउ नगर्दा समस्या आएको हो।

सडकको मर्मतसम्भारको जिम्मा पाएको कृश/महाकाली जेभीले ठेकेदार कम्पनीको लापरवाहीले दसैंको पूर्वसन्ध्यामा घर फर्कने हजारौं यात्रुले सास्ती पाएका छन्।

उक्त सडक मर्मतसम्भार गर्न सडक डिभिजन कार्यालय काठमाडौं २ र ठेकेदार कम्पनीबीच एक करोड ५३ लाख रूपैयाँमा सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय काठमाडौं २ का प्रमुख देवकुमार तामाङले वर्षायामले समयमा नै सडक मर्मतसम्भार गर्न नसकिएको बताए । ‘नागढुंगा–पीपलामोड सडक मर्मतसम्भार असार मसान्तभित्रै सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेका थियौं,’ उनले भने, ‘निरन्तर वर्षा भएकाले नै मर्मतसम्भार रोकिएको थियो । त्यसैले केही समय ढिलासुस्ती भएको हो ।’ उनका अनुसार एक साताभित्रै सम्पन्न गर्ने सडक वर्षात्कै कारणले रोकिएको हो । ‘गत मंगलबार राति दुवैतर्फको सडक बन्द गरेर मर्मतसम्भार गरेकाले जामको समस्या देखिएको हो,’ तामाङले भने, ‘अहिले जामको समस्या कम भइसकेको छ । अहिले सवारी गुडाउन समय तालिका समेत फेरबदल गरेका छौं।’

दसैंको पूर्वसन्ध्यामा सवारीसाधनको चाप र सडक मर्मतसम्भारकै कारणले सवारी जाम बढेको थियो।

सवारीजाम घट्यो
महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाले गत नागढुंगा– नौबिसे सडकखण्डको जाममा कमी आएको जनाएको छ। महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख हरि भट्टराईले गत मंगलबार नागढुंगा–पीपलामोड सडकखण्ड दुवैतर्फ सवारीसाधन रोकेर मर्मतसम्भार गरेकाले ट्राफिक व्यवस्थापनमा समस्या आएको बताए । ‘मंगलबार बेलुका दुवैतर्फको सवारीसाधन रोकेर मर्मतसम्भार गरेकाले जाम बढेको थियो,’ उनले भने, ‘जाम बढेर यात्रुले दुःख पाएको गुनासो आएसँगै उक्त सडकखण्ड मर्मतसम्भारको बेला पनि एकतर्फी ढंगले सञ्चालन गर्दै आइराखेका छौं ।’

उनका अनुसार मंगलबारको तुलनामा अहिले नागढुंगा–नौबिसे सडकखण्डमा सहज ढंगले सवारीसाधन उपत्यका भित्रिने र बाहिने क्रम चलिरहेको छ । उनका अनुसार अहिले बेलुकाको समयमा १० देखि ४ बजेसम्म मात्रै नागढुंगा पीपलामोड सडकखण्डको एकतर्फी मर्मतसम्भार र अर्काेतर्फ सवारीसाधन गुडाउँदै आइरहेको छ।

बुधबार काठमाडौं उपत्यकाबाट  ३ हजार  ७०  यात्रुबाहक बसबाट ३७ हजार ६ सय ७२ यात्रु बाहिरिएका थिए । काठमाडौं उपत्यका दैनिक करिव १० हजार सवारीसाधन भित्रिने र बाहिरिने गर्छन्।

प्रकाशित: २२ आश्विन २०७५ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App