२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

ढुंगा अभावले तटबन्ध निर्माण योजना प्रभावित

निर्माण सामाग्री अभाव हुँदा बाँकेमा सञ्चालित नदी नियन्त्रण सम्बन्धी योजना प्रभावित भएका छन्। जिल्लामा रहेका खोलानालाबाट ढुंगा संकलनका लागि समयमै ठेक्का स्वीकृत नहुँदा योजना प्रभावित भएका हुन्। राप्ती नदीको बाढीका कारण बर्सेनि फत्तेपुर, होलिया, कचनापुर, बिनौना, बैजापुर, बेतहनी, कम्दी, गंगापुर, मटेहियालगायत गाउँ प्रभावित हुन्छन्।

ओखलढुंगामा पुननिर्माण ८७ प्रतिशत

भूकम्प गएको चार वर्षको अवधिमा ओखलढुंगामा करिब ८७ प्रतिशत नीजि आवास पुननिर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार छ सय ३५ लाभग्राही मध्ये करिब ८७ प्रतिशत लाभग्राहिले नीजि आवास पुननिर्माण सकेका हुन्।

विद्यार्थी र एसएसबीबीच सीमावर्ती क्षेत्रमा झडप

सीमा रक्षाका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल(एसएसबी) बीच सीमावर्ती क्षेत्र सन्दकपुरमा शनिबार ढुंगा हानाहान भएको छ।

बाँदर मार्न बोकेको बन्दुक पड्किँदा किशोरको मृत्यु

बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्केर लाग्दा एक किशोरको ज्यान गएको छ। मोलुङ्ग गाउँपालिका–३ को थुम्की जंगलमा बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्किदा अष्ट बहादुर तामाङका १७ वर्षिय छोरा लालमान तामाङको ज्यान गएको हो।

पोकलीमा दुईदिन महोत्सव

ओखलढुंगास्थित नेपालकै दोस्रो उचाइमा रहेको पर्यटकीय गन्तव्य पोकली झरनालाई प्रवद्र्धन गर्न साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ। दुई दिनसम्म हुने उक्त महोत्सव पोकली झरना सेवा समाजको आयोजनामा हुन गइरहेको आयोजकले जनाएको छ।

विप्लव कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरीमाथि ढुंगामुढा

प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्।

नागढुंगा सुरुङमार्ग शिलान्यास आज

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो।

विस्थापित बस्ती सेनाले पुर्नस्थापना गरायो

गत भदौ अन्तिम साता निरन्तर वर्षा भइरहेको थियो। बस्तीमाथि रहेको ठुलो ढुङगालाई पनि निरन्तरको वर्षाले प्रभावित बनायो। अन्य स्थानमा धमाधम पहिरो गइरहँदा बस्तीनै प्रभावित हुने उक्त बस्तीमाथिको ढुङगा केहि मिटर तल सरेको गाउँले सबैले देखे। यो देखेपछि सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित गणेशस्थानका २१ घरपरिवार घर छोड्न बाध्य भए।

जिल्लाकै पहिलाे होमस्टे पाहुनाको पर्खाईमा

ओखलढुंगामा पहिलो पटक होमस्टे सुरु भएको छ। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीस्थित ठाडेमा जिल्लाकै पहिलो होमस्टे सुरु भएको हो। ओखलढुंगा सदरमुकाम हुँदै सोलुखुम्बु जाने मुख्य मार्गमा पर्ने ठाडेमा स्थानीय मगर समुदायले सामुहिकरुपमा होमस्टे सुरु गरेका हुन्।

नौबिसे–नागढुंगाको जाम हट्यो, कलंकी–नागढुंगा खण्डमा कालोपत्रे धमाधम

सडक जीर्ण बनेको, मर्मत पनि गर्नुपर्ने भएको र विकल्पसमेत नभएकाले जामबाट हुने असुविधालाई सहजतापूर्पक स्वीकार गरिदिन सडक विभागले अनुरोध गरेको छ।

नौबिसे–नागढुंगा सडकखण्डमा कालाेपत्रे फेरि सुरु

खाल्डाखुल्डी बनेको नौबिसे–नागढुंगा सडकखण्डको कालोपत्रेको काम पुनः सुरु गरिएको छ। दसैंअघि सवारी रोकी कालोपत्रे सुरु गरे पनि अत्यधिक सवारी जामका कारण स्थगित गरिएको थियो। सडक विभागलाई सवारी चाप नहुने समयमा कालोपत्रेको काम गर्न अनुरोध गरे पनि ठेकेदारले अटेर गर्दै आइरहेका छन्। सडक मर्मतले अत्यधिक सवारी जाम भएर बिरामीको मृत्युसमेत भएपछि दबाबमा परेको निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन भएका थिए। दसैं सकिएलगत्तै मंगलबार मध्यान्नदेखि त्रिभुवन राजपथको कानाकोटबाट मर्मतको काम पुनः सुरु गरिएको छ।

नौबिसे–नागढुंगा सडकमा कालाेपत्रे फेरि सुरु

काठमाडाैंबाट बाहिरिने र उपत्यका छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत गरे पनि बढी भारले गर्दा धेरै दिन टिक्दैन ।

नौबिसे–नागढुंगा सडकखण्ड : अधिक भारले टिक्दैन देब्रे लेन

दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ।

नौबिसे–नागढुंगा सडकखण्ड : टिक्दैन देब्रे लेन

दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ। खाल्डाखुल्डी भएको भाग असार मसान्ततिर पुरे पनि बढी भारका सवारीले लेन दबाएर खाल्डा बनाएको छ। सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्छ।

रोकिएन अवैध ढुंगा उत्खनन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको दिक्तेल–खानीडाँडा सडक खण्ड आसपासमा अवैधरुपमा ढुंगा खानी सञ्चालनमा रोक लगाइए पनि ढुंगा उत्खननको काम नरोकिएको स्थानीयले गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्