१३ मंसिर २०७७ शनिबार

‘खोसिएको काख राहतले भरिँदैन’

गत जेठ १० गते भएको रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोती घटनाका पीडित परिवारले संघीय सरकारले उपलब्ध गराउन लागेको राहत रकम प्रति शंका व्यक्त गरेका छन्। राहतका नाममा पैसा दिँदा न्यायमा चलखेल हुनसक्ने उनीहरूले शंका व्यक्त गरेका छन्।

चौरजहारी घटना: जसले साथीका लागि बलिदानी दिए

युवाहरुको सपना मात्रै बगेको छैन, परिवारको भरोसना समेत टुटेको छ। आर्थिक रुपमा विपन्न परिवारको सहारा पनि भेरीले बगाएको छ।

चौरजहारी घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा सांकेतिक हतियार प्रदर्शन गरिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले शुक्रबार दिक्तेलमा एकोहोरो पञ्चेवाजा बजाउँदै सांकेतिकरुपमा काटुनबाट बनाइएका घरेलु हतियार प्रदर्शन गरेका हुन् ।

चौरजहारी घटना : हत्यामा संलग्न दोषीमाथि कारबाहीको मागमा संघर्ष सुरु

जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा संघर्षका कार्यक्रम थालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित समिति बनाएर संघर्षका कार्यक्रम थालिएको हो ।

चौरजहारी घटनाः दोषीलाई कारबाहीका लागि दवाव सिर्जना गर्न खोटाङमा संघर्ष समिति

जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीका लागि दवाव सिर्जना गर्न खोटाङमा संघर्ष समिति बनाइएको छ। मल्ल थरकी एक युवतीलाई लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि सरकारलाई दवाव दिन दिपक ठटालको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति गठन गरिएको हो।

रुकुम हत्याको विरोधमा राजधानीमा प्रदर्शन

गत जेठ १० गते रुकुमको चौरजहारीमा भएको ६ जना युवकको नरसंहारको विरोध गर्दै सोमवार पनि राजधानीमा नेपाल दलित विद्यार्थी संघ र नेपाल दलित संघले विरोध प्रदर्शन गरेको छ।

चौरजहारी घटना: ‘राजनीतिक आडमा तोडमोड प्रयास’

जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई राजनीतिक आडमा तोडमोड गर्ने प्रयास भइरहेको दलित अधिकारकर्मीले आरोप लगाएका छन्। केही स्थानीय तथा जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष मानबहादुर नेपालीले बताए।

चौरजहारी घटना: मृतक सबैको टाउकोमा चोट

प्रेम विवाहका लागि केटी लिन आउँदा भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये पाँच जनाको शव फेला परेको छ।

सामाजिक घटनामा राजनीतिक रंग, जनप्रतिनिधि नै विभाजित

प्रेम सम्बन्धमा बाँधिएका जाजरकोट भेरी–४, रानागाउँका नवराज बिक र रुकुम पश्चिम चौरजहारी–८, सोतिकी सुष्मा मल्ल विवाहमा बाँधिने निर्णयमा पुग्छन्। दुवैको सल्लाहअनुसार शनिबार नवराज खुसीसाथ सुष्माको घर पुगे। जब सुष्मालाई लिन खोज्छन् अनि वीरबहादुर (बुवा), प्रकाशी (आमा) सहित वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँले नै नवराज र उनका साथीमाथि जाइ लाग्छ।

रुकुमको चौरजहारी घटना लज्जाजनक

रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट दलित युवाको मृत्यु भएको घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले रुकुमको चौरजहारी घटना लज्जाजनक भएको जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्