१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने

अर्थमन्त्री स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार वासिङ्टन डीसी पुगेका छन्।

वासिङ्टनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज अरन र दूतावासका अधिकारीहरूले विमानस्थलमा स्वागत गरेका हुन्।

दूतावासका अनुसार अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बांंगासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सो अवसरमा उनले नेपालका आर्थिक साझेदारी र सहकार्यलाई थप बलियो बनाउने विषयमा अन्य उच्चस्तरीय भेटवार्ता पनि गर्ने दूतावासले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०८३ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App