१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनमा शेखर नजाने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

पाँच दिनसम्म चल्ने महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सहभागी नहुने भएका छन्। उनी पार्टी मिलाउने भन्दै लामो समयदेखि मझधारमा उभिँदै आएका छन्।

केही समयदेखि नेता कोइरालाले आफू दुवै महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि अभियान गर्ने बताइरहेका छन्। उनीसहित उनीनिकटका नेताहरू पार्टी एकताका पक्षमा उभिएका छन्।  

नेता-कार्यकर्ताहरू स्वविवेकका आधारमा आफैँ निर्णय लिनुपर्ने कोइरालाले बताएका छन्।

आज दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। 

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुन लागेको महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा सांगठनिक दिशा तय गर्नेछ।

प्रकाशित: १८ आश्विन २०८३ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App