३० भाद्र २०८३ मंगलबार
image/svg+xml

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित, ५ सय तीर्थयात्री अलपत्र

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा खसेका कारण केदारनाथ यात्रा तेस्रो दिन पनि स्थगित छ।

हालान्डको गोलमा भएको निर्णयपछि दुई भिडियो सहायक रेफ्री कारबाहीमा

म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको खेलमा एर्लिङ हालान्डको निर्णायक गोललाई मान्यता दिने निर्णय गरेका भिडियो सहायक रेफ्री (भिएआर) म्याट डोनोहुलाई अर्को साताको प्रिमियर लिगका कुनै पनि खेलमा जिम्मेवारी दिइएको छैन।

मौलापुरकी मेयरले प्रधानमन्त्री शाहलाई भनिन् : क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ

साहले संघीय सरकारको हस्तक्षेप र समयमा प्रमुख प्रशासकीय अधिकृत नखटाउँदा नगरपालिका हाकिमविहीन बनेको तथा प्रशासनिक कामकारबाही प्रभावित भएको बताएकी छन्।

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्।

विश्वभरका एआई कम्पनीको सेयरमा गिरावट

यसलाई एआई उद्योगमा भइरहेको अर्बौं डलरको लगानीमाथि देखिएको अहिलेसम्मकै गम्भीर चुनौतीका रूपमा हेरिएको छ। यही लगानीले पछिल्लो समय विश्वका सेयर बजारलाई कीर्तिमानी उचाइमा पुर्‍याउन ठुलो भूमिका खेलेको थियो।

बालेन्द्र शाहले अहंको तुष्टि त्यागेर होसमा आउन जरुरी छ : मुमाराम खनाल

राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत अहंको तुष्टि त्यागेर वास्तविकता बुझ्दै कूटनीतिक विषयमा गम्भीर बन्न आग्रह गरेका छन्।

दशरथपुर–रामघाट जोड्ने पुल निर्माण सम्पन्न

भेरी नदी किनारका भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई मिलाएर नेपालको ठुलो आधुनिक सहर निर्माणको चरणमा छ।

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने भएको छ।

गौर राइस मिल्सको जग्गामा भूमाफियाको ‘गिद्धे दृष्टि’

नागरिक समाजको आह्वानमा शनिबार आयोजित सर्वदलीय तथा सर्वपक्षीय छलफलमा गौर राइस मिल्सको जग्गालाई दीर्घकालीन रूपमा संरक्षण गर्दै कानुनी प्रक्रिया पूरा गरी नेपाल सरकारको स्वामित्वमा कायम गराउने विषयलाई प्राथमिकतामा राखिएको थियो।

संसद् कानुन निर्माण थलो कि विधेयकको गोदाम

बजेटसम्बन्धी आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र नियमित प्रक्रियाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएका छन्।

एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्वतयारीमा जोड

उनका अनुसार यस्तो सहकार्यले सम्भावित सुरक्षा चुनौतीलाई समयमै बुझ्न तथा आवश्यक सावधानी अपनाउन सहयोग पुग्न सक्छ।

भोटेकोशी बाढी : चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन्।

ट्रम्पको दाबी : रूस र युक्रेनबिच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति

ट्रम्पले विश्वमा डिजेलको मूल्य बढ्नुको मुख्य कारण रूस-युक्रेन युद्ध भएको पनि बताएका छन्। उनको यो दाबी इरान युद्धका कारण तेलको मूल्य बढिरहेका बेला आएको हो।

विनाश भइसकेपछि क्षतिपूर्ति माग्नुभन्दा जोखिम न्यूनीकरणमा काम गर्नुपर्छ : प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद् आएपछि क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम न्यूनीकरण र रोकथामका लागि पूर्वतयारीमा लगानी बढाउनुपर्ने बताएकी छन्।

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

स्याङ्जाको वालिङमा आज बिहान ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने एक महिलाको खोलाले बगाउँदा निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्