२६ वैशाख २०८१ बुधबार
image/svg+xml

यसरी बनाइयो दलित

जब समाजमा पुँजीको उदय भयो, तब वर्ग पनि देखापरेको हो। अनि पछि विभिन्न जात, धर्म, संस्कार र संस्कृति स्थापना भएको पाइन्छ।

राष्ट्रिय खेलाडी चन्द्रकलालाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कारबाहीको माग

दलित अधिकारकर्मीहरूले एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लाम्गादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारबाहीको माग गरेका छन् । संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले पीडितलाई न्याय र पीडकलाई सजाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएको छ ।

नवराज विक मारिएको घटनाले जब यी १४ वर्षे किशोरको मन भतभती पोल्यो...

आजसम्म गाएका जातीय विभेदविरुद्धका गीतभन्दा फरक साक्षातको यो गीतले नयाँ पुस्ताको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।

गणतन्त्रमा मौलाएको जाततन्त्र

नेपाली समाजमा हजारौँ वर्षदेखि मेट्न खोजिएको जातीय जालो, तोड्ने प्रयास गरिएको जातीय जंजीर, भत्काउन खोजिएको जातको जाँतो आजसम्म आइपुग्दा मूलरूपमा किन धक्का दिन सकिएन भन्नेबारे बहसै सुरु भएको छैन।

दलित समुदायबाट पहिलो सचिव बने मानबहादुर

नेपालमा पहिला दलित समुदाय निजामती क्षेत्रमै विरलै थिए । भएपनि स–साना पदवाटै निभृत्तिकरण लिएका भेटिन्थे । सोमबार नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति डा. मानवबहादुर बिके सचिव पदमा पुगेका छन् ।

कर्णालीमा देखिएको जातीय विभेदको श्रृंखला

विस २०७३ चैत १६ गते सुर्खेत बराहताल गाउँपालिका–८, कुनाथरीस्थित भान्सा कोठामा पसेको निहुँमा भीमबहादुर विक कुटिए । २०७४ असार १६ गते सुर्खेत लेकवेशी नगरपालिका–९, स्थित रामजालीडाँडाकी टीकाकुमारी मिजारले सार्वजनिक धारा छोएको निहुँमा गालीगलोज खेप्नु पर्यो । उनीलाई कुटपिटसमेत गरियो ।

अंगिरा पासी घटनाको प्रहरी प्रतिवेदन : जातीय विभेदबाटै सृजित अपराध

रुपन्देही देवदहकी १३ वर्षीया बालिका अंगिरा पासीको कथित तल्लो जात भएकै कारण जबरजस्तीकरणी गरि घटना घटाइएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धानमा देवदह ११ का २५ वर्षीय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि विरेन्द्र सहित उनका आमा र सानीआमाले जातीय विभेद गरि अंगिरालाई मृत्युको मुखसम्म पुर्याएको अनुसन्धानमा फेला पारेको छ ।

दलितमाथि अन्याय किन ?

अधिकांश गैर दलितहरू कथित उच्च जातीय अहंकारको दलदलमा मानवीय चेत र विवेक गुमाएर कसरी मौन बस्छन् र दलितको मुद्धा दलितकै मुद्धाका रूपमा मात्र हेरिन्छ भन्ने कुरो रुकुम घटनाले देखाएको छ।

सोती नरसंहारका विरुद्ध प्रदर्शन

रुकुम पश्चिम घटनाको विरोधमा नया बानेश्वर प्रदर्शन गरेको छन् । जातिय विभेदका कारण गरिएको सोती नरसंहारका विरुद्ध सयुक्त राजनितिक दलित संघर्ष समित काठमाडौंले धर्ना तथा विरोध कार्यक्रम गर्दै प्रदर्शन गरिएको हो।

मानवता बिर्साउने सोती घटना : अन्तरजातीय प्रेमले खोसेको सपना

जाजरकोट सदरमुकाम खलंगा बजारबाट हेर्दा रुकुम (पश्चिम ) को चौरजहारी फाँट मुस्काइरहेछ । नागबेली बन्दै जाजरकोट र रुकुमको सिमा छुटएर बगेको छ, भेरी नदी । यहि दृश्य हेर्दै खलंगाबाट करिव १० मिनेट पैदल उकालो चढेपछि पुगिन्छ नवराज विकको घर । प्रकृति मुस्कुराई रहेपनि घर भने शोकमा छ ।

चौरजहारी घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा सांकेतिक हतियार प्रदर्शन गरिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले शुक्रबार दिक्तेलमा एकोहोरो पञ्चेवाजा बजाउँदै सांकेतिकरुपमा काटुनबाट बनाइएका घरेलु हतियार प्रदर्शन गरेका हुन् ।

रुकुम घटना : ‘नवराज हिँड्नुभन्दा पहिले नै घेराबन्दीको तयारी’

गत जेठ १० गत शनिबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक आफ्ना १८ जना साथीसहित प्रेम बिहेका लागि केटी लैजान रुकुम पश्चिमको चौरजहारी हिँड्छन् । उनीहरु जाजरकोटमा छँदा नै साथीसहित नबराज हिँडेको खबर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसमक्ष आउँछ ।

रुकुम पश्चिम घटना प्रतिवेदन : पूर्वयोजना अनुसार कुटीकुटी हत्या

अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजना अनुसार कुटीकुटी हत्या भएको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

महामारीको तीतो यथार्थ र जातीय विभेद

विगतका घटनाहरू हेर्ने हो भने पश्चिमा राष्ट्र, विशेष गरी अमेरिकाले अहिलेको कोरोना विषाणुको प्रकोपलाई वर्ग, समुदाय या जातीयताका आधारमा हिलो छ्याप्नु कुनै नौलो कुरा होइन।

रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

रुकुम पश्चिमको चौरजहारीमा भएको हत्याकाण्ड अनुसन्धानका लागि संसदीय विशेष छानबिन समिति गठन भएको छ। सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो। छनविन समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्