पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड सोमबार तीन घण्टाका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा यातायात आवागमन बन्द रहने जानकारी दिएको हो।
मझिमटार क्षेत्रमा पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्न लागिएको प्रशासनले जनाएको छ।
सडक बन्द रहने अवधिमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।
निर्धारित समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न तथा सम्भावित असुविधाबाट बच्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
प्रकाशित: १५ कार्तिक २०८३ १९:२५ आइतबार





