कपिलवस्तुको तौलिहवामा सम्पन्न नेपाली कांग्रेसअन्तर्गत शेरबहादुर देउवा पक्षको नियमित १५ औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा राजेश बहादुर सिंह निर्विरोध निर्वाचित भएका छन्।
कपिलवस्तु जिल्ला सभापतिमा सिंह निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक ऐश्वर्य नारायण शुक्लाले जानकारी दिए।
यस्तै, जिल्ला उपसभापतिमा खुर्सेद अकमद खाँ र दुर्गा केसी तथा सचिवमा मनोज पौडेल र मनोज कनौडिया निर्वाचित भएका छन्।
यस्तै सहसचिवमा विजय खनाल र जमिल अहमद खा निर्विरोध निर्वाचित हुँदा खुला तर्फ १७ जना जिल्ला कार्यसमिति सदस्य तथा ६ नगरपालिकामा तीन जनाका दरले तथा ४ गाउँपालिकामा २ जनाका दरले कार्य समिति सदस्य समेत निर्विरोध भएका छन्।
यस्तै, कोषाध्यक्ष भने कार्य समितिको बैठकबाट चयन गरिने नवनिर्वाचित सभापति सिंहले बताए।
अधिवेशनको केन्द्रीय सदस्य तथा प्रदेश सभापति गहेन्द्र गिरीले उद्घाटन गरेका थिए। उनले शेरबहादुर देउवा नै आधिकारिक कांग्रेस रहेको तथा अदालतले समेत आफूहरूलाई नै आधिकारिकता दिने दाबी गरे।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की समेत सहभागी थिए।
प्रकाशित: १५ कार्तिक २०८३ १८:४० आइतबार





