'मृतकका परिवारलाई पाँच-पाँच लाख देऊ'
संसद्को अर्थ समितिले बाढीपहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बिहान बसेको बैठकले यस्तो निर्देशन दिएको हो। हालैको बाढीबाट तराईका जिल्लामा जनधनको क्षति भएको छ। बाढीबाट अहिलेसम्म करिब डेढ सयजनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन्।