१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको माग

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको व्यवस्था गर्न माग गरिएको छ। नेपाल पत्रकार महासंघ यूरोप शाखाको शनिबार सम्पन्न चौथो अधिवेशन पछि जारी घोषणापत्रमा प्रवासमा क्रियाशील रहेका पत्रकारहरुलाई आगामी केन्द्रीय महाअधिवेशनमा सहभागी गराउन अनलाईन भोटिङ्गको विशेष व्यवस्था गर्न माग गरिएको उल्लेख छ।

करले इन्टरनेट महँगो

सरकारले धेरै कर लगाउँदा इन्टरनेट महँगो भएको गुनासो व्यवसायीले गरेका छन्। व्यवसायीले सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाएको हुँदा यो सबैको पहुँचमा पुग्न नसकेको जानकारी दिए।

नेपाल पत्रकार महासंघको महाधिवेशन सुरु

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ। ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नारासहित सुरु भएको महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' ले उद्घाटन गरे।

पत्रकार डेकेन्द्र हत्या प्रकरणः ३ जना हत्या आरोपित पक्रन उदासिनता

स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणमा जिल्ला अदालत दैलेखबाट मुलुकी ऐन अ.ब. १९० नम्वर बमोजिम मुल्तबीमा राखिएका तीन जना हत्या मुख्य आरोपितहरु पक्रन दैलेख प्रहरीले उदासिनता देखाएको छ। अदातलले ती आरोपितहरु पक्राउ परेपछि मुद्दा प्रकृया अघि बढ्ने गरि मुल्तबीमा राखीएको हो।

दाङका सञ्चारकर्मी वली १४ दिनदेखि बेपत्ता

दाङका एक सञ्चारकर्मी दुई सातादेखि बेपत्ता भएका छन् । घोराहीस्थित रेडियो स्वर्गद्धारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वली गत माघ १५ गते देखि हराईरहेका हुन् । राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली १५ माघमा क्याम्पसबाट आँफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्कीउपछि उनि अहिले सम्म सम्पर्कमा नआएको परिवारले बताएको छ ।

‘खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन’

पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ। यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन्।

पत्रकार अग्रपंक्तिमा परेनन्

कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा खट्ने जनशक्तिलाई दिने निर्णय सरकारले गरेको छ । तर सधैं अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सरकारले अग्रपंक्तिमा राखेको छैन ।

पत्रकार पन्त र लामा पक्राउप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ।

कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आरोपमा चीनमा एक पत्रकारलाई ४ वर्ष जेल !

चीनको उहानमा कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आरोपमा त्यहाँकी एक पत्रकारलाई चार वर्षको जेल सजाय सुनाइएको छ।

कोलम्बीयामा पत्रकारको हत्या

संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ। सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

पत्रकारलाई स्पष्टिकरण माग्न सिडिओको छानबिन समिति

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रैले जिल्ला प्रशासन कार्यालयको सेवा ढिला सुस्ती भएको विषयमा प्रकाशित समाचारप्रति पत्रकारसँग स्पष्टिकरण माग्ने किसिमले अधिकृतस्तरीय चार सदस्यीय छानबिन समिति बनाएका छन् । जिल्ला समन्वय समितिका अधिकृत कमल दाहालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

प्रधानमन्त्रीको कदमप्रति पत्रकार महासंघको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न सिफारिस गरेको प्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।

जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पत्रकार गोकर्ण गौतमको निधन

पत्रकार गोकर्ण गौतमको निधन भएको छ। मष्तिष्कको नशामा समस्या आएपछि उपचारमा रहेका उनको बिहीबार निधन भएको हो। नशाको शल्यक्रिया पछि रक्तश्रावका कारण उनको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो।

अफगानिस्तानमा बम विस्फोटमा परेर पत्रकारको मृत्यु

काबुलमा बम बिस्फोटन हुँदा एक पत्रकारको ज्यान गएको केही दिनभित्रै बिहीबार दक्षिणी हेल्मन्ड प्रान्तमा बम बिस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्