२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

शव मलेसियामै वेपत्ता भएपछि चार वर्षमा काजकिरिया

मलेसियामा मृत्यु भएको चार वर्ष वित्दासमेत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको शवको अत्तोपत्तो नभएपछि परिवारले काजकिरिया गरेका छन्।

लास देख्ने आशमा बर्षौंदेखि कुरिरहेका यी आँखा

१० वर्षे जनयुद्वका क्रममा वेपत्ता भएका भेरी नगरपालिका–१ कालेगाउँ साविकको खलंगा–९ का दिपक वटालाकी आमा चनमति वटालाई अहिले पनि छोरा आउँछ कि भन्ने आशा छ। द्धन्द्धका क्रममा २० वर्ष अघि राज्यद्धारा वेपत्ता पारिएका वटालाको अवस्था अहिले पनि वेपत्ता नै भएकोले आफुलाइ छोरो फर्केर आउँछ कि भन्ने आशा लाग्ने गरेको उनले बताइन्।

पूर्वी चीनमा आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १८ वेपत्ता

चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

दोलखाको जुँगुमा रातभर पहिरो, २ बेपत्ता

प्रहरी र स्थानीयसंगै उद्धार गर्न पुगेका खड्का रातिदेखी नै वेपत्ता भएको जिल्ला स्थित सुरक्षा अधिकारीहरुले जनाएका छन्।

बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

दुई दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

कर्णाली नदीमा बेपत्ता यात्रुको हेलिकोप्टरबाट खोजी गरिँदै

कर्णाली नदीमा जीप खस्दा १५ जना भन्दा बढी वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए

जनयुद्धका मृतक र वेपत्ता परिवारलाई राहत

गृह मन्त्रालयले जनयुद्धको समयमा ज्यान गुमाएका तथा वेपत्ता पारिएका परिवारका लागि एक करोडभन्दा बढि राहत रकम पठाएको छ।

१३ जनासहित वेपत्ता भारतीय विमानको भग्नावशेष भेटियो

भारतीय अधिकारीहरूले एक हप्ता पहिले १३ जनासहित वेपत्ता भारतीय विमानको भग्नावशेष भेटिएको बताएका छन्। विमानको भग्नाबशेष भारतको उत्तरपूर्वी अरूणाञ्चल प्रदेशको हिमाली क्षेत्रमा चीनको सीमा नजिकै भेटिएको भारतीय अधिकारीले बताए।

२६ वर्षदेखि श्रीमानको प्रतिक्षा

२६ वर्षअघि विदेशिएका श्रीमान नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। उनी मलेशिया जाँदा ३ वर्ष पुगेका कान्छो छोरा बिशाल हाल २९ वर्षका भए।

९ महिनादेखि बेपत्ता विद्यार्थीको शव रोबर्टले पत्ता लगायो, सुरक्षाकर्मीलाई अमेरिकी विशेषज्ञको साथ

सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनिल बराईलीको शव भेटिएको छ। विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएको ९ महिनापछि बराईलीको शव करिब ३५ फिट गहिराईबाट निकालेको हो।

शिक्षक बेपत्ता पार्नेलाई पाँच वर्ष कैद, वडाध्यक्ष छुटे

रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका २ पेल्मामा रहेको आधारभुत विद्यालय शिक्षक मख्खन केसीलाई वेपत्ता पारेको अभियोगमा दुई जनालाई पाँच वर्षको कैद सजायँ तोकिएको छ। शिक्षक केसी गत भदौ १४ देखि वेपत्ता छन्।

आयोगमा सक्षम व्यक्ति सिफारिस गर्न माग

द्वन्द्वपीडित साझा चौतारीले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगको पदाधिकारीमा नियुक्तिका लागि सक्षम र गैरराजनीतिक छविका विज्ञ सिफारिस गर्न ध्यानाकर्षण गराएको छ। आयोगमा पदाधिकारी चयन गर्न बनेको सिफारिस समितिका संयोजक पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई चौतारीले ध्यानाकर्षणपत्र बुझाएर यस्तो माग गरेको हो।

वेपत्ता भएको पाँच दिनपछि शिक्षकको शव फेला

सल्यानमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका–१४ का दिलबहादुर गिरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सोही ठाउँमा रहेको लक्ष्मी आधारभुत विद्यालय पानी खोलाका शिक्षक गिरी गत शुक्रबारदेखि वेपत्ता भएका थिए।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता

रुकुम (पश्चिम)को ठूलीभेरी नदीमा बगेर एक युवा वेपत्ता भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिका– ९ राडीका २२ वर्षीय अनिल शाह बुधबारदेिख नदीमा वेपत्ता भएको प्रहरीले जनाएको छ। नदीमा पौडी खेल्ने क्रममा उनी वेपत्ता भएको प्रहरीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्