८ वैशाख २०८१ शनिबार

‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ।

कुवेतमा अलपत्र नेपालीको गुनासो, ‘दूतावास पनि रोजगार दिने र म्यानपावर कम्पनीको पक्षमा छ’

वैदेशिक रोजगारीका लागि कुवेत पुगेर अलपत्र परेका अधिकांश नेपाली युवाले कुवेतस्थित नेपाली दूतावास रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा रहेको गुनासो गरेका छन्।

सरकारले सुनेन निमुखाको गुहार

सरकारले कोटा तोकेपछि यति खेर हजारौं नेपाली विदेशमा अलपत्र परेका छन्। उनीहरुले दिनहुँजसो हारगुहार गरिरहेका छन् तर सरकारमा रहेकालाई सुन्ने फुर्सद छैन।

विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुबैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् ।

२६० नेपाली स्वदेश फर्किए

विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिबार सिंगापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ ।

विदेशबाट फर्किए ४९० नेपाली

विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् ।

उद्धारका नाममा ‘व्यापार’

विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धार खटनपटनमा सक्रिय सिसिएमसी तथा विदेशस्थित नेपाली नियोगहरूको ध्यान निःशुल्क उडानको साटो चार्टर उडान थप गर्नेतिर केन्द्रित छ।

विदेशमा अलपत्रको उद्धार गर्न ७५ करोड

मलेसियास्थित राजदूतावासले करिब आठ सयलाई निःशुल्क उद्धार गर्न तीन करोड ३६ लाख रूपैयाँ माग गरिसकेको छ ।

विदेशमा अलपत्र ४५ हजारभन्दा बढीको उद्वार

सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्वार गरेको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्वार गरिएको हो ।

विदेशमा अलपत्र ३७ हजार ४२४ नेपाली स्वदेश फर्किए

वैदेशिक रोजगारमा गएका, घुम्न र कामकाजका लागि विदेश गएका नेपालीहरू कोरोना भाइरसको महामारीले गर्दा अलपत्र परेका छन् । जेठ १७ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले विदेशमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जेठ २३ बाट स्वदेश ल्याउन थालिएका थियो ।

विदेशमा अलपत्र कामदारलाई सरकारकै खर्चमा ल्याइने

सरकारले खाडी मुलुकमा अलपत्र परेका कामदारलाई सरकारी खर्चमा नेपाल ल्याउने तयारी गरिरहेको छ । एक साता अघि मन्त्रिपरिषदको निर्णयले उनीहरुलाई सरकारी ल्याउने निर्णय गरेको थियो। निर्णय अनुसार श्रम मन्त्रालयले बिभिन्न देशका नेपाली राजदूतावासलाई पत्र पठाइसकेको जनाएको छ।

भारतबाट फर्कनेको लर्को रोकिएन

भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरू सुदूरपश्चिम फर्कने क्रम अझै रोकिएको छैन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीमा भारतबाट फर्कने क्रम जारी छ । प्रत्येक दिन यि दुई नाकामा सयौं नेपाल भित्रिने गरेका छन्।

विदेशबाट आइपुगे ९५६ नेपाली, कुन देशबाट कति?

बिहीबार पनि विभिन्न मुलुकबाट ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन्। हिमालय एयरलाइन्स चीनको टियान्जिन, अबुधाबी र दुबईबाट नेपालीको उद्धार गरी काठमाडौं ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ।

‘कलेज बन्द छ, कमाई पनि छैन, बाच्न ग्राहो भयो, घर फर्काइदिनुस्’

कोभिड–१९का कारण लामो समय सम्मको लकडाउनले गर्दा भारतका विभिन्न ठाउँमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थीहरू बेखर्ची भएका छन् । आर्थिक संकटका कारण उनीहरूको जिविका धान्न नसक्ने भएको छ । लकडाउनका कारण कलेजहरू सबै बन्द छन् र काम समेत गर्न नपाएपछि विद्यार्थीहरूलाई खर्च धान्नै चुनौती बनेको छ ।

अप्ठ्यारोमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस् : काँग्रेस

नेपाली काँग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा सांसद एवं काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्ता कामदारको उद्धार गर्न सर्वप्रथम जुन कम्पनीमा कामदार कार्यरत छन्, तिनैलाई उद्धार गर्न लगाउनुपर्ने उल्लेख गरेको छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्