४ वैशाख २०८१ मंगलबार
प्रवास

विदेशबाट फर्किए ४९० नेपाली

फाइल फाेटाे ।

विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् ।

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२ यात्रु तथा १६ वटा शव नेपाल ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाटै १५६ यात्रु ल्याएको छ । त्यस्तै कतार एयरवेजले दोहाबाट ७२ नेपाली काठमाडौं ल्याएको छ । उसले काठमाडौंबाट फर्किदा १२७ यात्रु लगेको विमानस्थल कार्यालयले जनाएको छ ।  

शनिबार पनि विभिन्न एयरलाइन्सका ६ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल कार्यालयले तालिका सार्वजनिक गरेको छ ।  

पहिलो उडान सिल्क एयरले सिंगापुरबाट यात्रु काठमाडौं ल्याउनेछ । जजीरा एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउने जनाइएको छ । त्यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट काठमाडौंका लागि चार्टर्ड उडान गर्नेछ । नेपाल एयरलाइन्सले क्वालालम्पुर र कुवेतबाट उद्धार उडान गरी नेपाली फर्काउने उडान तालिका छ । आज आन्तरिकतर्फ सिम्रिक र कैलाशको हेलिकोप्टरले गोरखामा समान एक उडान गरेका छन् । रासस

प्रकाशित: १२ भाद्र २०७७ १७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App