८ वैशाख २०८१ शनिबार

सरकारले सुनेन निमुखाको गुहार

सरकारले कोटा तोकेपछि यति खेर हजारौं नेपाली विदेशमा अलपत्र परेका छन्। उनीहरुले दिनहुँजसो हारगुहार गरिरहेका छन् तर सरकारमा रहेकालाई सुन्ने फुर्सद छैन।

विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुबैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् ।

२६० नेपाली स्वदेश फर्किए

विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिबार सिंगापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ ।

विदेशबाट फर्किए ४९० नेपाली

विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् ।

विदेशमा अलपत्रको उद्धार गर्न ७५ करोड

मलेसियास्थित राजदूतावासले करिब आठ सयलाई निःशुल्क उद्धार गर्न तीन करोड ३६ लाख रूपैयाँ माग गरिसकेको छ ।

विदेशमा अलपत्र ४५ हजारभन्दा बढीको उद्वार

सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्वार गरेको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्वार गरिएको हो ।

विदेशमा अलपत्र कामदारलाई सरकारकै खर्चमा ल्याइने

सरकारले खाडी मुलुकमा अलपत्र परेका कामदारलाई सरकारी खर्चमा नेपाल ल्याउने तयारी गरिरहेको छ । एक साता अघि मन्त्रिपरिषदको निर्णयले उनीहरुलाई सरकारी ल्याउने निर्णय गरेको थियो। निर्णय अनुसार श्रम मन्त्रालयले बिभिन्न देशका नेपाली राजदूतावासलाई पत्र पठाइसकेको जनाएको छ।

आशै-आशमा टर्‍यो घर जाने सपना

बिहीबार अबेर सार्वजनिक भएको घर फर्किन पाउने समाचारले धादिङकी कमला मैनाली फुरुङ्ग भइन्। उनी ७ महिनाकी गर्भवती छिन्। अबुधाबीको एक ५ तारे होटेलमा कार्यरत श्रीमानसंगै डेढ वर्षदेखि बस्दै आएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्