१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अनुदानमा आएको मल बाटोबाटै गायब

६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेश भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

सरकारी कार्यालय नहुँदा नरैनापुरवासीलाई सास्ती

बाँकेको दुर्गम मानिने नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम नरैनापुरवासी ४५ किलोमिटर पर सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ।

खाद्य संकटको जोखिममा नरैनापुर

बाँकेको नरैनापुर गाउँपालिका–४ का असफाख खानले गत वर्ष २२ बिघामा लगाएको धान बेमौसमी वर्षाले सखाप पार्‍यो।

नरैनापुर खाद्य संकटको जोखिममा

‘बाली भित्र्याउँदा वर्षा भएर डुबान हुन्छ,’ उनले भने, ‘लगाउँदा सुख्खा हुन्छ।’ जलवायु परिवर्तनको असर नरैनापुरले खेप्नु परेको भन्दै उनले भने, ‘यहाँको प्रमुख बाली उत्पादन नहुँदा स्थानीयलाई दैनिक गुजारा गर्न समस्या भएको छ।’

३७ जना परिवारको एउटै भान्सा

एकै पटक ३७ जनालाई खाना पकाउन नसक्दा हरेक छाकमा दुई पटक पाक्छ। 'बिहान बच्चाले खाना खाएर स्कुल जान्छन् पछि हामीहरुले खाने खाना पकाउँछाँ', साइला छोरा समसुल खाले भने, 'एकै ठाउँमा कोचाकोच गरेर भए पनि बसेका छाैँ ठूलो परिवारमा बस्ने बानी पर्‍यो अब छुटिएर एक्लै बस्न सक्दैनौँ।'

खेत बाँझै भएपछि संकटग्रस्त घोषणा गर्न माग

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनबारे बैठकमा जानकारी गराइएको छ। यससँगै जिल्ला विपद् व्यवस्थापन समितिका यस अघि २०७९ असार १६ गते भएका निर्णयको कार्यान्वयनको अवस्थाबारे समीक्षा पनि गरिएको छ।

अझै परेन पानी, भएन रोपाइँ

बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ। सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन्।

बाँकेको नरैनापुरमा जसपाका शाह र श्रीवास्तव निर्वाचित

गाउँपालिकाका अध्यक्षमा इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तिदेवी श्रीवास्तव निर्वाचित भएका हुन्। शाह गाउँपालिकाको निर्वतमान अध्यक्ष र श्रीवास्तव निवर्तमान उपाध्यक्ष हुन्।

नरैनापुरमा १५ घरगोठ जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन्। गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ र चारवटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए।

किसान पेन्सनः कहीँ नपुगिने बाटो

कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका पशु पालक कृषकका लागि गोठालो भत्ता सुरु गरेको छ। मासिक १५ सय रुपियाँ उपलब्ध गराइने यस्तो भत्ता माग गर्दै जुम्लाबाट मात्र २६५ गोठालाको निवेदन परेको छ। यस्ता निवेदन छानबिनपछि वास्तविक ठहरिएकालाई यस्तो भत्ता दिने कर्णाली सरकारले बताएको छ।

२३ वर्षपछि नरैनापुरमा बिजुली बल्यो

२३ वर्षअघि गाडिएका विद्युत् पोल कतै लडेका, कतै ठडिएका थिए। हरेक पटक हुने चुनावमा दलका उम्मेदवारले विद्युतीकरणको मुद्दालाई आफ्नो घोषणा पत्रमा लेख्दै आएका थिए। पूर्वराजादेखी वर्तमान मन्त्रीसम्मले नरैनापुरवासीलाई बिजुली उपलब्ध गराउँने आश्वासन मात्रै दिए।

नरैनापुरः कोरोनामुक्त बनाइने प्रण

बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई स्थिर बनाउँदै गाउँपालिकालाई कोरोनारहित बनाउने प्रण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो प्रण गरिएको हो। गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहद्वारा प्रस्तुत ५० बुँदे नीति तथा कार्यक्रममा कोभिड—१९ को विषय पहिलो प्राथमिकतामा राखिएको छ।

‘नरैनापुरबासीको घाउको खिल झिक्न सफल भयौं’

बाँकेको ग्रामिण भेग नैरैनापुर कोरोना संक्रमण जोखिम हटस्पटको रुपमा पछिल्लो समय चिनियो । समुदायमा संक्रमण फैलिँदा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भयो । देशभरमा नै एक किसिमको नरैनापुरको बारेमा नराम्रो चर्चा भयो ।

नरैनापुरमा यसरी बढ्यो कोरोना महामारी

बाँकेको नरैनापुर गाउँपालिकामा आइतबारसम्म कोरोना संक्रमितको संख्या १ सय १४ पुगिसकेको छ। जिल्लामा कुल १ सय ४२ जनामा कोरोना संक्रमण हुँदा नरैनापुरमा एक सातामै संक्रमित ह्वात्तै बढे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्