१० मंसिर २०८१ सोमबार
image/svg+xml

दर्शकबिनाका फिल्म हल

‘महामारीमा भीड गर्न नहुने र समूहमा दर्शकलाई देखाएर चलाउनुपर्ने भएकाले सिनेमा हलहरूलाई अति प्रभावित क्षेत्रमा राखिनुपर्छ। यतिखेर सामाजिक दूरी कायम गरेर फिल्म देखाउँदा कतिको प्रभावकारी हुन्छ भन्ने बुझ्न सामूहिक रूपमा सरकारलाई मागपत्र बुझाएका हौं।’

कोरोना कहरले डामाडोल नेपाली फिल्म जगत्

२०७६ सालमा ५५ वटा नेपाली फिल्म रिलिज भएकोमा ‘जात्रैजात्रा’, ‘छ माया छपक्कै’ र ‘कबड्डी कबड्डी कबड्डी’ फिल्म हिट भए। त्यसअघि २०७५ सालमा ९६ फिल्म रिलिज भएकोमा आधा दर्जनले मात्र नाफा कमाए। गत वर्ष फिल्मको संख्या मात्र नभएर व्यापार पनि ओरालो लागेको थियो।

‘नातावाद फिल्म क्षेत्रमा छर्लङ छ’

सोमबार अभिनेत्री वर्षा सिवाकोटीले नेपाली फिल्म क्षेत्रमा हाबी नातावादको विषयमा अभिव्यक्ति दिएकी थिइन । ‘नातावाद सबैतिर हुन्छ । फिल्म क्षेत्रमा मात्र हैन्,’ उनले फेसबुकमा लेखेकी थिइन, ‘फरक यत्ति हो कि फिल्म क्षेत्रमा छर्लङ छ । सत्य बोल्ने आँट कमैको छ । कारण यस्ता अभिव्यक्तिले आगामी दिनमा करिअरलाई असर पार्न सक्छ र कामको अभाव हुन सक्छ ।’

सर्यो ‘नो टाइम टु डाई’, ‘वन्डर वुमन १९८४’ र ‘टेनेट’ को रिलिज मिति

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि लकडाउन गरिएसँगै संसारभरका फिल्मसम्बन्धी गतिविधिहरू ठप्प छन् । महामारीका कारण फिल्म हल बन्द गराइएसँगै फिल्म प्रोडक्सन रोकिएका छन् ।

मनोरञ्जन क्षेत्र तत्काल नखोल्ने

फिल्म हल, पार्टी प्यालेस, डान्स बारसहितका मनोरञ्जन क्षेत्रहरू बन्द रहनेछन् । बैठकले सबै प्रकारको महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन र प्रदर्शन नगर्न निर्देशन आदेश दिएको थियो । २५ जनाभन्दा बढी सहभागी हुने गोष्ठी, धार्मिक तथा सामाजिक स्थल, हेल्थ क्ल्ब र ब्युटी पार्लरलगायत नखोल्ने निर्णय गरेको थियो ।

जान्हवीको ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ नेटफ्लिक्समा

बलिउड अभिनेत्री जान्हवी कपुरको ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ फिल्म अनलाइन स्ट्रिमिङ प्लेटफर्ममा रिलिज हुने भएको छ । अभिनेत्री कपुरले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ फिल्मको टिजर पोस्ट गर्दै नेटफ्लिक्समा रिलिज हुने जानकारी गराएकी थिइन् ।

क्यालिफोर्नियाको फिल्म हल फेरि खोल्न अनुमति

कोरोना भाइरस महामारीको जोखिम कम गर्न बन्द लकडाउन गरिएसँगै बन्द रहेका क्यालिफोर्नियाको फिल्म हलहरु फेरि खोल्न अनुमति दिइएको छ । सोमबार क्यालिफोर्निया राज्यले सामाजिक दुरीसहितका नयाँ निर्देशिका जारी गर्दै आगामी जुन १२ देखि सो राज्यमा फिल्म हलहरु पुनः सञ्चालन गर्न अनुमति दिएको थियो ।

भारतको फिल्म हल पुनः खोल्न आग्रह

फिल्म निर्माताहरूले राज्य सरकारलाई प्रोडक्सन फेरि सुरू गराउन अनुरोध गरेको एक सातापछि भारतको मल्टिप्लेक्स संघले आगामी जुन ३० देखि फिल्म हलहरू पुनः खोल्न केन्द्रिय सरकारसँग अनुमति मागेको छ।

‘छायांकनका लागि नेपाल’ अभियानलाई कार्यान्वयन गरिने

सरकारले मौलिक फिल्म निर्माणलाई प्राथमिकता दिने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७–७८ को आयव्यय विवरण (बजेट)मा राष्ट्रियता, भाषा र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने घोषणा गरेका थिए।

भेनिस फिल्म महोत्सव सेप्टेम्बरमा हुने

भेनेटोका गभर्नर लुका जाइयाले आगामी सेप्टेम्बर २ देखि १२ मा आयोजना हुने संसारको सबैभन्दा पुरानो भेनिस फिल्म महोत्सवले निरन्तरता पाउने जानकारी गराएका थिए । उनले आयोजकलाई कोरोना भाइरस महामारीको अवस्थामा यस वर्ष तुलनात्मक रूपमा कम फिल्महरू प्रदर्शन गर्न सुझाव दिएका थिए ।

‘फिल्म परिवर्तनको लागि शक्तिशाली उपकरण हो’

संसारभर कोरोना भाइरस महामारीले जटिल अवस्था सिर्जना गरिरहेको अवस्थामा उनी प्रकृतिसँग सबै कुराको अटल सम्बन्ध रहेको तर्क गर्छिन् । जैविक विविधताका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा उनले भनिन्, ‘कोरोना भाइरस महामारीले वातावरणसँगको हाम्रो बन्धन पहिले सबैभन्दा राम्रो थियो भनेर दर्साएको छ ।

सांघाई फिल्म महोत्सव स्थगित

चीनको सबभन्दा पुरानो र प्रतिष्ठित सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सव कोरोना भाइरस महामारीको सिकार भएको छ । बुधबार आयोजकहरूले आगामी जुन १३ देखि २३ सम्म हुने तय भएको सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २३ औं संस्करण निर्धारित मितिमा योजना अनुसार अगाडि नबढ्ने जानकारी गराएका छन् ।

चीनमा फिल्म हल खुलाउन ‘एभेन्जर’ र ‘अवतार’ पुनःरिजिल हुने

संसारभर कोरोना भाइरस संक्रमण फैलिरहेको अवस्थामा चीन बन्द रहेका फिल्म हल खुल्ने भएका छन्। कोरोना भाइरसका कारण चीनमा बन्द भएका ७० हजारभन्दा बढी फिल्म हल खुलाउन हलिउडका सफल फिल्महरू पुनः प्रदर्शनमा आउने भएका छन्।

फिल्मदेखि महोत्सव ठप्प

कर्णाली वरपर सुटिङ सिध्याइएको ‘एका देशको कथा’ फिल्म प्रिमियरको तयारी हुँदै थियो। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायर्तेलगत्तै चैतको दोस्रो साता हुने भनिएको फिल्मको प्रिमियर स्थगित गरिएको छ।

सरकारको निर्णयलाई फिल्म हल सञ्चालकको समर्थन

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्ने निर्णय गरेलगत्तै सम्बन्धित सञ्चालक र कलाकर्मीहरू समर्थन जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्