१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

जान्हवीको ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ नेटफ्लिक्समा

बलिउड अभिनेत्री जान्हवी कपुरको ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ फिल्म अनलाइन स्ट्रिमिङ प्लेटफर्ममा रिलिज हुने भएको छ । अभिनेत्री कपुरले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ फिल्मको टिजर पोस्ट गर्दै नेटफ्लिक्समा रिलिज हुने जानकारी गराएकी थिइन् ।  

‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ फिल्मको नयाँ रिलिज मिति भने सार्वजनिक गरिएको छैन् । भारतीय वायुसेनाकी पाइलट गुन्जन सक्सेनाको बायोपिक फिल्म यसअघि गत अप्रिल २४ लाई रिलिज हुने तय भएको थियो । कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामको लागि सरकारले लकडाउन गरेसँगै फिल्म रिलिज हुन पाएको थिएन् ।  

अभिनेत्री कपुरले ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ फिल्मलाई

पर्दामा ल्याउन तयार रहेको जानकारी गराएकी थिइन् । शरण शर्माद्वारा निर्देशित ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ मा अभिनेत्री कपुरबाहेक पंकज त्रिपाठी, अंगद बेदी, विनित कुमार, मानव विज र आयशा रजालगायतले अभिनय गरेका छन् ।  

धर्म प्रोडक्सनमा निर्माण भएको फिल्मबारे निर्माता करण जोहरले विज्ञप्तिमार्फत भनेका थिए, ‘गुञ्जन सक्सेना एक त्यस्तो फिल्म हो । जुन महिलाको साहस र प्रेरणादायी कथामा आधारित फिल्मले आगामी दिनमा धेरैलाई प्रोत्साहित गर्नेछ । हामी नेटफ्लिक्ससँग साझेदारी गर्न पाउँदा उत्साहित छौं । साहस र निडरताको कथा सपनाको अनुसरण गर्न प्रेरित गर्ने फिल्म संसारभरका मानिसहरुले मनपराउनेमा आशावादी छौं ।’

कोरोना भाइरस महामारीबाट बलिउडलाई उकास्न अनलाइन स्ट्रिमिङ प्लेटफर्म फिल्महरु रिलिज हुने क्रम जारी छ ।  

सुजित सरकार निर्देशित बलिउड फिल्म ‘गुलाबो सिताबो’ आगामी जुन १२ मा अनलाइन स्ट्रिमिङ प्लेटफर्म अमेजन प्राइम भिडियोमार्फत संसारभर रिलिज हुँदैछ । अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत रिलिज हुँदै गरेको अभिनेता अमिताभ बच्चन र आयुष्मान खुरानाले मुख्य भूमिका रहेको ‘गुलाबो सिताबो’ फिल्मलाई ‘गेम चेन्जर’ को संज्ञा दिइएको छ । अभिनेत्री विद्या वालन अभिनित बायोपिक फिल्म ‘शकुन्तला देवी’ पनि अमेजन प्राइम भिडियोमार्फत अनलाइन रिलिज हुने तय भएको छ । यसअघि ‘गुलाबो सिताबो’ र ‘शकुन्तला देवी’ सहित सात फिल्मका निर्माताहरूले अमेजनसँग सम्झौताका थिए ।  

अभिनेता सुरियाले अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत आफ्नो फिल्म रिलिज गर्ने निर्णयपछि तमिलनाडुका फिल्म हल सञ्चालकहरूले उनलाई बहिष्कार गर्ने धम्की दिएका थिए ।

कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएसँगै भारतको अनुमानित ९५ सय फिल्म हल विगत दुई महिनादेखि बन्द गरिएका छन् । भारतको बढ्दो अनलाइन दर्शकहरुको लागि बलिउड ठूलो आकर्षण मानिन्छ ।

प्रकाशित: २८ जेष्ठ २०७७ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App