१२ आश्विन २०७७ सोमबार

नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण

चन्दननाथ नगरपालिका–२ स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरमा नेपाली सेनाले भवन निर्माण गरिदिएको छ।

गोरखामा दुई हजार लाभग्राहीले सम्झौता गरेनन्

भूकम्प गएको पाँच वर्ष पूरा भइसकेको छ । भूकम्पको केन्द्रबिन्दु गोरखाका २ हजार ७९ लाभग्राहीले अनुदान सम्झौता नै गरेका छैनन् ।

डिपिआर निर्माण प्रक्रिया अघि बढ्यो

रसुवाको नौकुण्ड गाउँपालिकाले नौकुण्ड–गोसाइँकुण्ड पर्यटकीय पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाभित्र रहेका नौवटा कुण्डको उचित प्रचार नहुँदा यो क्षेत्र ओझेलमा परिरहेको छ।

आवास तथा विद्यालय पुनर्निर्माणका लागि भारतको १ अर्ब ५४ करोड सहयोग

नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले सहयोग रकम हस्तान्तरण गरेको छ। भारतीय दूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ सचिव शिशिर कुमार ढुङ्गानालाई १ अर्ब ५४ करोड बराबरको चेक मंगलबार हस्तान्तरण गरेकी हुन्।

भारतीय सुरक्षाकर्मीको अवरोधले हलियाको घर निर्माण अधुरै

सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको हो।

शिक्षा क्षेत्रका पुनर्निर्माणको डेडिकेटेड वेबसाइट

भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिक्षा क्षेत्रमा भएका पुनर्निर्माणको डेडिकेटेड वेबसाइट शुभारम्भ गरेका छन् ।

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ।

गाउँपालिका भवनमा गुणस्तहीन निर्माण सामाग्री प्रयोग गरिएको आशंका

देवताल गाउँपालिका ४ मा निर्माण भैरहेको गाउँपालिका कार्यालयको भवन निर्माण गर्दागर्दै ठाउँठाउँबाट भत्किएको छ। दुई महिना अघि मात्रै ढलान गरिएको छत निर्माणमा कमसल सामग्री प्रयोग भएकोले ठाउँठाउँबाट भत्किएको स्थानीयले आरोप लगाएका छन्।

पुनर्निर्माणका पीडा

विगत केही महिनायता सबैको चासो, चिन्ता, ध्यान कोरोना भाइरस र यसको प्रभावतिरै गएको छ । यो स्वाभाविक पनि हो । अचम्मलाग्दो तरिकाले भित्रिएको यो भाइरसले विश्वलाई नै एकै पटक आक्रान्त पारेको छ । धेरै क्षति गरिसक्यो । अझै कहिलेसम्म र के कति क्षति हुने भन्ने अनुमान गर्न पनि गाह्रो छ ।

‘सम्पदा पुनर्निर्माणमा समुदायको सहभागिता प्रभावकारी’

संस्कृतिविद् एवं सम्पदा क्षेत्रका अनुसन्धाताले पाँच वर्ष अघिको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी बन्दै गएको बताएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवादको तेस्रो दिन सांस्कृतिक सम्पदा एवं सम्पदा बस्तीको पुनःनिर्माणमाथिको छलफलका क्रममा वरिष्ठ सम्पदाविद् सुदर्शनराज तिवारीले सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताले स्वस्थ अभ्यास स्थापित हुने बताए।

रंगशाला निर्माणबारे अध्ययन सुरु

नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि प्राविधिक पक्षको अध्ययन सुरु गरिएको छ। रंगशाला निर्माण गर्ने कार्यलाई अगाडि बढाउन नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले डिपिआर तयार गर्ने निर्णय गरेको छ।

भूकम्पको पाँच वर्ष बित्यो, पीडितको टहरामै बास

कतिपय भूकम्पपीडितले पहिलो किस्ताबापत ५० हजार रूपैयाँ लिएर घरखर्चमै सकाएका थिए । यस्तो समस्या भएका परिवार अधिकांश भूमिहीन र निम्न वर्गका छन् । उनीहरूसँग सामान किन्ने पैसा थिएन । ५० हजार रूपैयाँले सबै सामान आउने अवस्था भएन ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा

सर्वत्र चासोका रूपमा हेरिएको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण कोभिड–१९ का कारण अझै लम्बिने भएको छ । कोभिड महामारीमा पनि निर्माण भने जारी थियो । कम जनशक्ति र कतिपय उपकरण नै ल्याउन नपाएपछि विमानस्थल निर्माण प्रभावित बनेको हो ।

इन्धन अभावले सडक निर्माण प्रभावित

हिमालपारिको जिल्ला मुस्ताङमा पेट्रोलियम पदार्थ, ग्यास तथा खाद्यान्नको अभाव भएको छ। पेट्रोलियन पदार्थ अभावले सडक निर्माण प्रभावित भएको छ।

सडक निर्माण अनुगमनमा कृषि विज्ञ

साविकका कृषि विकास कार्यालय खारेज भई कृषि ज्ञान केन्द्रमा रुपान्तरण हुने क्रममा दिइएका १७ वटा कार्यविवरण (टम्र्स अफ रेफरेन्स) मा भौतिक पूर्वाधार निर्माणको अनुगमन कार्य केन्द्रको कार्यक्षेत्रमा पर्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्