४ असार २०८१ मंगलबार
image/svg+xml

उपकुलपतिको दौडमा त्रिविका पूर्व पदाधिकारी

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदका लागि विश्वविद्यालयका पूर्व पदाधिकारीहरू नै दौडधुप गरिरहेका छन्।

त्रिवि शिक्षण अस्पतालका कर्मचारी आन्दोलित (तस्बिरसहित)

मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन्।

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ।

त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ। प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो।

त्रिवि इन्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाएका कारण आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो।

उपप्राध्यापक चलाउने भन्छन्: न्याय त पाएँ तर विदेशिएका अपराधीहरू कसरी पक्राउ पर्छन् ?

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने दोषीहरूलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजायको निर्णय गरेर उनको घाउमाथि मलम अदालतले लगाइ दिएकोमा चलाउनेले सन्तोषको सास फेरेका छन्।

त्रिविलाई दलीयकरणको दलदलबाट बचाऔं

किन ? धेरै छन् कारण । र मुख्य कारणचाहिँ त्रिविमा जबर्जस्ती घुसाइएको राजनीति हो । पञ्चायतकालतर्फ फर्किन जरुरी छैन किनकि त्यो व्यवस्था फलदायी भएन भनेरै विकल्पतिर लागिएको हो ।

त्रिविको निमित्त उपकुलपतिमा भुसाल

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन्।

‘विश्वविद्यालयको कुलपति खुला प्रतिस्पर्धाबाट छनोट हुनुपर्छ’

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले नियुक्ति हुनासाथै विश्वविद्यालयमा विभिन्न दलनिकटका विद्यार्थी र शिक्षकका संगठनको तालाबन्दीका कारण आफू शरणार्थी भएर चार वर्षे कार्यकालमा काम गरेको बताएका छन्।

तालाबन्दी, हडतालका किंकर्तव्यविमुढ उपकुलपति

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल बिहीबार सकिँदै छ । उनको कार्यकालमा विश्वविद्यालय राजनीतिक दाउपेच, तालाबन्दी र हडतालको अखडा जस्तै बन्यो ।

सरकारले गरेको सहमतिको जिम्मेवारी सांसदलाई दिन मिल्दैन: सांसद् भट्टराई

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन।

‘बढुवाको सपना टायरको धुवाँसँगै खरानी भयो’

सहप्राध्यापक डा. सुशील यादवले समाजशास्त्र पढाउँदै आएको ३० वर्ष भयो । उनी बढुवाका लागि अन्तर्वार्ता परीक्षा दिन राजधानी आउँछन् । जब परीक्षा दिने दिन नजिकिन्छ, विद्यार्थी संगठनले विश्वविद्यालयको सेवा आयोगमा तालबन्दी गरिहाल्छन् ।

इन्जिनियरिङ शुल्क विवाद: विभागीय प्रमुखले दिए राजीनामा

शुल्क वृद्धि विवाद बढ्दै जाँदा ६ विभागीय प्रमुख, विभागीय उपप्रमुख, सहायक क्याम्पस प्रमुख, स्नतकोत्तर तह कार्यक्रम संयोजकसहितका पदाधिकारीले राजीनामा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय सञ्चालनको जिम्मा अब विद्यार्थीलाई !

दुई महिनादेखि शुल्क विवाद सल्टाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालय सञ्चालनको जिम्मा विद्यार्थीलाई दिएका छन्।

समकक्षता सहज बनाउँदै त्रिवि

विद्यार्थीले समकक्षता लिने समयमा खेप्दै आएको हैरानी न्यूनीकरण गर्न त्रिभुवन विश्वविद्यालयले समकक्षतासम्बन्धी खुकुलो नियम बनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्