१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

समकक्षता सहज बनाउँदै त्रिवि

विद्यार्थीले समकक्षता लिने समयमा खेप्दै आएको हैरानी न्यूनीकरण गर्न त्रिभुवन विश्वविद्यालयले समकक्षतासम्बन्धी खुकुलो नियम बनाएको छ । अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट स्थानम परेका विश्वविद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरूले सहज रूपमा समकक्षता पाउने भएका छन् ।  

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को भदौं १३ गते बसेको बैठकले उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता निर्धारण कार्यविधि, २०७८ संशोधन गरि समकक्षताकोलागि खेप्नु परेको प्रकृयागत सास्तीलाई सहज बनाएको कार्यकारी परिषद्का सचिवालय प्रमुख विष्णु अर्यालले बताए । उनले संशोधित कार्यविधि चालु शैक्षिक सत्रदेखि नै कार्यान्वयन गर्न त्रिवि पाठ्यक्रम विकास केन्द्रलाई पत्रचार गरिसकेको जानकारी दिए ।  

संसारका राम्रा विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षतामा झन्झटिलो प्रक्रिया अपनाइएको भनेर आलोचना भएको थियो । कार्यकारी परिषद्ले पाठ्यक्रम कार्यान्वयनका लागि पठाएको पहलिो बुँदामा अब ‘टाइम्स हायर एजुकेसन र्याङ्किङ्गमा एकदेखि पाँच सयसम्म रहेका विश्वविद्यालयको उपधिका लागि तोकिएका कागजात पेस गरेमा समकक्षता प्रदान गर्नुपर्ने उल्लेख गरेको छ । साथै त्यस्ता उपाधि दिँदा बौद्धिक चोरीमा परे नपरेको परीक्षण नगर्नसमेत निर्णय पठाएको छ ।  

हालको अवस्थामा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यताको उपाधि हासिल गरेर नेपालका आएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिनुपर्ने व्यवस्था छ । तर पाठ्यक्रम विकास केन्द्रमा समकक्षता लिनुपर्दा विद्यार्थीहरूले प्रक्रियागत हैरानी खेप्नु परेकोको त्रिवि आलोचनाको पात्र बन्दै आएको थियो ।  

ती विश्वविद्यालयका उपाधिलाई प्रवेश योग्यता, अध्ययन अवधि वा क्रेडिट आवर र पाठ्यभारलाई आधार लिई समकक्षता रोकिने छैन भन्ने उल्लेख गरिएको पाठ्यक्रम विकास केन्द्रका स्तर निर्धारण साखा प्रमुख शुशील दाहालले बताए । ‘कार्यकारीले संशोधन गरेको कार्यविधिअनुसार अब विद्यार्थीले सहज रूपमै समकक्षता पाउने छन् ।

विगतका प्रक्रियागत झन्झट न्यून भयो । तर कागजात भने सही हुनुप¥यो,’ प्रमुख दाहालले भने, ‘खुला तथा दूर शिक्षाको सवालमा विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा, वन, कृषि, सूचना प्रविधि जस्ता प्राविधिक विषयमा खुला तथा दूर शिक्षाको माध्यम अनलाइन तथा प्राइभेटबाट हासिल गरेको उपाधिलाई मान्यता तथा समकक्षता प्रदान गरिने छैन । विगतमा स्वदेशमा सञ्चालित विश्वविद्यालयले पनि त्रिविबाट समकता लिनुपर्ने व्यवस्था थियो । संशोधित कार्यविधिले त्यो व्यवस्था हटाएको छ ।’

हालको अवस्थामा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यताको उपाधि हासिल गरेर नेपालका आएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिनुपर्ने व्यवस्था छ । तर पाठ्यक्रम विकास केन्द्रमा समकक्षता लिनुपर्दा विद्यार्थीहरूले प्रक्रियागत हैरानी खेप्नु परेकोको त्रिवि आलोचनाको पात्र बन्दै आएको थियो ।  

सरकारले सुम्पिएको दायित्व निर्वाह गर्दै गर्दा समकक्षता सम्बन्धमा त्रिभुवन विश्वविद्यालय आलोचना हुँदै आइरहेको र सर्वसाधारणको गुनासो सम्बोधन गर्न समकक्षता लिने प्रक्रिया सहज बनाउन विश्वविद्यालयले केही निर्णय गरेको कार्यकारी परिषद् सचिवालय प्रमुख अर्यालले बताए ।  

त्रिभुवन विश्वविद्यालय नेपालको पुरानो विश्वविद्यालय भएको, नेपाल सरकारले दिएको जिम्मेवारीअन्तर्गत समकक्षता प्रदान गर्ने गरेकोले नेपालका अन्य विश्वविद्यालयको लागि आवश्यक समकक्षता पनि यसले गर्ने गरेको छ । त्यस्तै संसारमा राम्रा विश्वविद्यालयले प्रवेश योग्यता, अध्ययन अवधि वा क्रेडिट आवर, पाठ्यभारलाई अहिलेको आवश्यकता र लामो प्राज्ञिक अभ्यासका आधारमा परिवर्तन गर्दै लगिरहेका छन् । ‘त्यसैले राष्ट्रिय दायित्व र राम्रा विश्वविद्यालयको अभ्यासलाई त्रिविले आत्मसात गरेको हो,’ प्रमुख अर्यालले नागरिकसँग भने, ‘अबदेखि समकक्षता प्रदान गर्दा नेपालका अन्य विश्वविद्यालय र विश्वविद्यालयको स्तरमा एकदेखि पाँच सयसम्मको स्तरमा रहेका विश्वविद्यालयको प्रवेश योग्यता, अध्ययन अवधि वा क्रेडिट आवर, पाठ्यभारलाई पनि आधार बनाउन सकिने व्यवस्था संशोधित कार्यविधिले गरेको छ ।’ उनका अनुसार त्रिविसँग समझदारीपत्रमा हस्ताक्षर भएका विश्वविद्यालयको उनीहरूले ‘बौद्धिक चोरी’परीक्षण गरेका रहेछन् र उनीहरूको मापदण्ड त्रिभुवन विश्वविद्यालयको भन्दा फरक रहेछ भने पनि मान्यता उपलब्ध गराउने व्यवस्था कार्यविधिले गरेको छ ।

कतिपय कागजातहरू विद्यार्थीहरूसँग माग्नु अव्यवहारिक देखिएकाले कार्यविधिको अनुसूची २ हटाइएको समेत प्रमुख अर्यालले स्पष्ट पारे । अनुसूची २ मा विद्यार्थीसँग शोध निर्देशक वा सहनिर्देशक सोही विश्वविद्यालयको नियमित प्राध्यापक भएको देखिने कागजात, शोध निर्देशक वा सहनिर्देशक सोही विश्वविध्यालयको नियमित शिक्षक नभई अवकाश प्राप्त प्राध्यापक भएमा निजलाई सो विश्वविद्यालयले नियुक्ति गरेको पत्र वा सम्झौतापत्र माग्ने गरिएको थियो । 

अबदेखि ती विश्वविद्यालयका उपाधिहरूलाई त्रिवि सेवा आयोगमा आवेदन गर्ने वा त्रिविमा अध्ययनका लागि भर्ना गर्ने अवस्थामा मात्र समकक्षता प्रदान गर्ने व्यवस्था मिलाइनेछ । तर, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय निकाय वा अन्य निकायले अनुरोध गरेको अवस्थामा भने समकक्षता प्रदान गरिने व्यवस्था कार्यविधिमा उल्लेख छ ।  

साथै शोध निर्देशक वा सहनिर्देशक सोही विश्वविद्यालयको नियमित शिक्षक नभएमा आफू कार्यरत विश्व विद्यालयबाट अनुमति लिएको पत्र, आदि । कागजात पेसा गरे मात्र विद्यार्थीले समकक्षता पउने गरेका थिए । यस्ता धेरै कागजातले विद्यार्थीले हैरानी खेप्नु परेको थियो । ‘त्यसैले यस्ता प्रावधान भएका कार्यविधिको अनुसूची २ हटाइएको छ,’ अर्यालले भने, ‘सेवा प्रवेश प्रयोजनका लागि प्रमाणपत्र छानबिन गराई त्रिवि सेवामा स्थायी रूपमा सेवा प्रवेश गरिसकेका शिक्षक, कर्मचारीहरूलाई निजको सेवा प्रवेशअघिको सबै उपाधिहरूको समकक्षता प्रदान गरिनेछ ।’

संशोधित कार्यविधि अनुसार पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०, लुम्बिनी विश्वविद्यालय ऐन, २०६३, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७, मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७, कृषि तथा वन विश्वविद्यालय ऐन, २०६७, नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ र राजर्षीजनक विश्वविद्यालय ऐन, २०७४ मा ती विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाको शैक्षिक उपाधिलाई मान्यता दिन र विश्वविद्यालयका विभिन्न तहका शैक्षिक उपाधिहरूको समकक्षता र स्तर निर्धारण गर्न सक्ने कुरा ऐनमा नै तोकिदिएको छ ।  

यसकारण अबदेखि ती विश्वविद्यालयका उपाधिहरूलाई त्रिवि सेवा आयोगमा आवेदन गर्ने वा त्रिविमा अध्ययनका लागि भर्ना गर्ने अवस्थामा मात्र समकक्षता प्रदान गर्ने व्यवस्था मिलाइनेछ । तर, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय निकाय वा अन्य निकायले अनुरोध गरेको अवस्थामा भने समकक्षता प्रदान गरिने व्यवस्था कार्यविधिमा उल्लेख छ ।  

यसैगरी, खुला तथा दूर शिक्षा सिकाईको तरिकाबाट प्रदान गरिएको दर्शनचार्य तथा विद्यावारिधि उपाधिको मान्यता तथा समकक्षता नगरिने उल्लेख छ ।

प्रकाशित: ९ आश्विन २०८० ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App