१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विदेश पठाउने भन्दै ठग्ने पक्राउ

वैदेशिक रोजगारको लागि कोरिया पठाई दिने भन्दै लाखाैँ रकम ठगी गर्ने गिरोहका व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कोरिया पठाइदिने भन्दै ५१ लाख रकम ठगी गर्ने धनुषा मिथिला नगरपालिका ६ का ४० वर्षीय धनपति महतोलाई पक्राउ गरेको हो ।

तस्करसँग साठगाँठ गरेको आरोपमा ४ प्रहरी निलम्बनमा

तस्करसँग साटघाट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ४ जना प्रहरीहरुलाई निलम्बित गरेको छ ।

सेन्ट जेभिर्समा भर्ना गर्दिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

जावलाखेलस्थित सेन्ट जेभिर्स स्कूलमा भर्ना गर्दिन्छु भनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ, सिसहनिया-१ स्थायी घर भई कुमारीपाटी बस्ने सुगम भन्ने बाबुराम सुवेदी तथा रामेछाप, गेलु-२ स्थायी घर भई वानेश्वर बसोबास गर्ने विनोद भन्ने बिमल खड्का छन्।

पेट्राेलियम परिमाणमा आयल निगमबाटै ‘ठगी’

नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिमाणभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो । गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार ट्यांकरको पेट्रोल नाप्दा परिमाण कम भेटिएको हो ।

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

एटिएम ठग्ने विदेशी गिरोह सक्रिय

एटिएम कार्डको र ग्राहक प्रयोगकर्ताको गोप्य नम्बर चोरेर पैसा चोर्ने भारतीय गिरोह पक्राउ परेको दुई महिनामै फेरि यस्तै प्रकृतिको अपराधमा संलग्न माल्देभियन समूह फेला परेको छ।

सुरक्षा निकायकै पम्पमा तेल ठगी

सुरक्षा निकायलेनै सञ्चालन गरेको पम्पमा उपभोक्तालाई तेलमा ठगी गरेको भेटिएको छ । गुणस्तर तथा नापतौलले बिहीवार गरेको अनुगमनमा शसस्त्र प्रहरीले सञ्चालन गरेको गुहेश्वरी पम्प भक्तपुरमा उपभोक्तालाई कम तेल दिएको पाइएको छ ।

क्याम्पसका शिक्षकले नै ठगेको गुनासो

दैनिक सयौं विद्यार्थीलाई नैतिकता र ज्ञानगुनका कुरा सिकाउने शिक्षिका नै ठगी धन्दामा लागेकी होलिन् भनेर सायदैले सोच्छन्। झापा, उर्लाबारी आसपासका दुई दर्जनभन्दा बढीले समाज र विद्यालयमा सधैं आदर्शको कुरा गर्ने व्यक्तिको भुलभुलैयामा पर्दा घर न घाटका भएको गुनासो गरेका छन्।

स्वाइप मेसिनबाट करोडौं ठगी गर्ने गिरोह पक्राउ

अटोमेटिक टेलर मेसिन (एटिएम) बाट ठगीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका सदस्य समातिन थालेपछि सो गिरोहले आफ्नो ध्यान प्वाइन्ट अफ सेल मेसिन (पसलमा राखिने एटिएम स्वाइप गर्ने मेसिन) मा केन्द्रित गरेको छ। प्वाइन्ट अफ सेल मेसिनबाट  गिरोहले करोडौं रुपैयाँ ठगी गरेको भेटिएको छ।

युरोप-अमेरिका प्रलोभनमा करोडौं ठगी

पर्वत, कुश्मा–८ का शेरबहादुर परियारलाई अचेल न रातमा निद्रा छ, न दिनमा भोक नै। वैदेशिक रोजगारीबाट कमाएको रकमले जीविकोपार्जन गर्ने उद्देश्य लिएका परियारले उल्टै विदेश मोहमा लाखौं रकम गुमाएपछि निद हराम भएको हो।

डलर साट्ने नाममा ठगी गिरोह सक्रिय

देउमाया रिमालले गत पुस २८ गते महानगरीय प्रहरी अपराध महाशाखामा डलर साट्ने भन्दै १० लाख रुपैयाँ ठगेको आरोपमा बुनु तामाङ लामाविरुद्ध उजुरी दिइन्।

फेसबुकमा महिलालार्इ साथी बनाएर ठगी गर्ने पक्राउ

फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ। प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन्।

साईप्रस पठाउने भन्दै ४२ लाख ठग्ने पक्राउ

प्रहरीले अध्ययनका लागि साईप्रस पठाउने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा गोंगवुमा रहेको वेस्र्टन वृज एजुकेशनल कन्सल्टेन्सीका संचालक युवराज गजुरेललाई पक्रेको छ।

क्यापिटल मर्चेन्ट ठगी प्रकरणमा फरार कार्की पक्राउ

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अर्का फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका–५ बस्ने मदनबहादुर कार्कीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार बुढानिलकण्ठबाट पक्राउ गरेको जनाएको छ।

सीआइबीको सई भन्दै ठगी गर्ने पक्राउ

सीआइबीको सहायक निरीक्षक भन्दै ठगी गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सर्लाहीको हरिवनमा मोटर साइकलको लाइसेन्स बनाइदिने भन्दै रुपैयाँ उठाएका बार पर्सौनी–२ का अजय कुमार गुप्ता भनिने विजेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्