१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राष्ट्रिय अनुसन्धानको असई बनाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

राष्ट्रिय अनुसन्धान विभागमा असई बनाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग पैसा असुली गरेको अभियोगमा मोरङ, बेलबारी-४ स्थायी घर भई हाल कीर्तिपुर बस्ने प्रेम पुरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

नक्कली एसपी को यस्तो ठगी धन्दा

श्रीमान विदेशमा भएकी एक महिलाको भएभरको सम्पत्ति ठगिसकेपछि भारत लगेर बेचेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन्।

संगठित अपराध बन्दै विद्युत् ठगी

पछिल्लो १२ वर्षदेखि उपभोक्तासँग मिलेर मिटर उल्टो घुमाई राज्यको अर्बौं राजस्व डुबाउने र लोडसेडिङ बढाउन मद्दत पुर्‍याउने घटनाका आरोपीलाई संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ।

'ठूला माछा' सँग कार्कीको साँठगाँठ

सर्वोच्च अदालतको फैसलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्तबाट पदमुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगका अधिकांश आरोप पुष्टि भएको भन्दै महाभियोग सिफारिस समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएको छ। प्रतिवेदन २० पृष्ठको  छ।

एक सय ८० राहदानी संकलन गर्ने ठगविरुद्ध ८७ को उजुरी

वैदेशिक रोजगारका नाममा भै रहेको लुटपाटको एउटा नमुना प्रहरीले सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले एकै एजेन्टका साथबाट तीन भारतीय सहित एक सय ८० थान राहदानी बरामद गरेपछि वैदेशिक रोजगारीका नाममा भै रहेको कालो धन्दा बाहिर आएको हो।

कतारको सपना देखाएर करोडौं ठग्नेसँग १५ मोबाइल सिम

आकर्षक तलब सुविधा तथा खाने-बस्ने व्यवस्था सहित वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने मोहम्मद अजमल अलि साहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले पक्राउ गरेको छ। पुस २९ गते लुकिछिपी ललितपुरको सानेपामा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

इनिस्पेक्टर र सईमा जागिर लगाएको भन्दै लाखौं ठग्ने पक्राउ

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जागिर लगाएको भन्दै लाखौ रकम ठग्ने व्यक्ति प्रहरी फन्दामा परेका छन्।

अर्कैकाे जग्गा धिताेमा बैंकबाट २ करोड ठगी गर्ने गिरोह पक्राउ

नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नियतिले ठगेको यो परिवार !

सोह्र जनाको 'जम्बो' परिवार छ उनको। धेरैजसो काम गर्न नसक्ने भान्टाङभुन्टुङ। सक्नेलाई पनि नियतिले ठग्नुसम्म ठगिदियो। बाँच्नै धौधौ! आफैं बाँच्न मुस्किल भएपछि परिवार पाल्न कति गाह्रो होला, सम्भि्कसक्नु छैन।

फेसबुक पेजबाट ठगी गरेको आरोपमा पक्राउ

सामाजिक संजाल फेसबुकमा Mobile selling and buying in Nepal पेज खोली ठगी गरेको आरोपमा चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ।

डलर देखाई झुक्याएर ठगी गर्ने पक्राउ

डलर देखाइ झुक्याएर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक कर्थली–६ बस्ने ३३ वर्षीय लक्ष्य भन्ने नारायण बहादुर भण्डारी लाई आइतवार प्रहरीले पक्राउ गरेको हो।

भूमाफियासँग साँठगाँठ गरी ३ बिघा जग्गा बिक्री गराउने मालपोत अधिकृत पक्राउ

प्रहरीले नक्कली जग्गाधनी खडा गरेर चितवनको ३ बिघा जग्गा बिक्री गर्न सघाएको  आरोपमा ललितपुर मालपोत कार्यालयका मालपोत अधिकृतलाई कार्यालयबाटै पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अधिकृत मिनबहादुर भट्टराईलाई पुस ६ गते ललितपुर लगनखेलमा रहेको कार्यालयबाट पक्रेको हो।

चार कराेडभन्दा बढी रकम ठग्ने नै सुरक्षा खोज्दै प्रहरीकहाँ पुगेपछि...

रु चार करोडभन्दा बढी ठगी गर्ने लमजुङका एक व्यक्ति आफैँ प्रहरी शरणमा पुगेका छन् । स्थानीय गौँडा घर भई पछिल्लो समय काठमाडौँ बस्दै आएका बिर्दसिङ गुरुङ प्रहरीको शरणमा पुगेका हुन् ।

उपराष्ट्रपतिको नाम बेचेर ठगी

प्रहरीले 'उपराष्ट्रपति नन्दबहादुर पुनको छोरा हुँ' भन्दै विभिन्न सरकारी कार्यालयबाट रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक राम्चेका कमल भन्ने रोशन सुवेदीलाई पक्राउ गरेको हो।

अाइफोन पठाइदिन्छु भन्दै फेसबुकबाट ठगी गर्ने पोखरेल पक्राउ

के तपाई सामाजिक सञ्जाल (फेसबुक) चलाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने होस् गर्नुहोस्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्