१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

होसियार ! मन्त्रीसँग फोटो देखाएर ठग्लान्

तपाइँको सम्पर्कमा आउने कुनै ब्यक्तिले आफ्नो निकटका सरकारका प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, प्रहरीका उच्च अधिकारी वा त्यस्तै प्रभावशाली ब्यक्तिसँग रहेको बारम्बार देखाउँछ भने होसियार हुनुहोस। यस्ता ब्यक्तिले लगाउने पोशाक र मोटरगाडीको आवरणमा तपाइँ ठगिन सक्नुहुन्छ।

होसियार मन्त्रीसँगको फोटो देखाउनेले ठग्लान् !

तपाईको सम्पर्कमा आउने कुनै ब्यक्तिले आफ्नो निकटमा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, प्रहरीका उच्च अधिकारी वा त्यस्तै प्रभावशाली ब्यक्तिसँग रहेको बारम्बार देखाउछ भने होसियार हुनुहोस्। उसले यस्ता प्रभावशाली ब्यक्तिसँग खिचेका तस्बिर र फोनमा कुरा गरेको समेत देखाउन सक्छ।  यस्ता ब्यक्तिले लगाउने पोशाक र मोटर गाडीको आवरणमा तपाइँ ठगिन पनि सक्नुहुन्छ।

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

दुबईमा आकर्षक तलव पाउने कम्पनीहरुमा पठाईदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली भिषा समेत देखाई ठगी गर्ने काभ्रे कात्तिके देउराली–१ घर भई हाल लाजिम्पाट बस्ने बुद्धकुमार लामालाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

ठगी रोक्न ट्याक्सीमा बिल प्रिन्टर

काठमाडौं उपत्यकामा ट्याक्सीबाट उपभोक्ता ठगिएका गुनासा धेरै आएपछि सरकारले ट्याक्सीको मिटरमा विद्युतीय बिल प्रणाली लागू गर्ने भएको छ। यातायात व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, महानगरीय ट्राफिक महाशाखा, ट्याक्सी व्यवसायीलगायत सरोकारवालाको छलफलले मंसिरभित्रै ट्याक्सीमा विद्युतीय बिल प्रणाली लागू गर्ने निर्णय गरेको हो।

बैंकका सिइअाेदेखि गुण्डा नाइकेसम्म ठगिए

किस्ट बैंकका तत्कालिन कार्यकारी प्रमुख कमल ज्ञवालीलाई एक पहुँचवाला राजनीतिक दलका नेताको बोली बनाएर फोन आयो। फोन गर्ने व्यक्तिले व्यक्तिगत आवश्यकताका लागि भन्दै केही रकम माग गरे। कारोबार फस्टाउँदै गरेको किस्ट बैंकका कार्यकारी अधिकृत ज्ञवालीले रकम दिए। रकम लिन पुगे ईश्वरीप्रसाद पोखरेल।

एटिएम ठगीका आरोपी लागुऔषध र हातहतियारका कारोबारी

नेपालमा पक्राउ परेका एटिएम ठगीका आरोपी युरोपका विभिन्न देशमा अवैध हातहतियार र लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। अनुसन्धानको क्रममा उनीहरु टर्की, स्पेन, इटली र जर्मनीमा लागुऔषध ओसारपसार तथा बेचबिखन, अवैध हातहतियारको कारोबार र यौन अपराधमा संलग्न रहेको खुलेको हो।

उपभोक्ता ठग्नेलाई कारबाहीभएन

बजारलाई स्वस्थ, प्रतिस्पर्धी र उपभोक्तामैत्रीबनाउनसरकारले विशेष अनुगमन गरे पनि उपभोक्ता ठग्ने व्यवसायी कारबाहीको दायरामा आएका छैनन् । सरकारी निकायको उदासीनताले उनीहरुले उन्मुक्ति पाएका हुन् ।

ब्रुनार्इ पठाइदिने बहानामा ३० जनासँग १ कराेड ३० लाख ठग्ने पक्राउ

वैदेशिक रोजगारीका लागि ब्रुनाई पठाइदिने भनी ठगी गरेको अभियोगमा नयाँ बानेश्वरस्थित इलान इन्टरनेसनल प्रालिका सञ्चालक घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

विदेश पठाईदिन्छु भन्दै रकम ठगेर फरार कंडेल पक्राउ

वैदेशिक रोजगार कसुर मुद्दामा सजायँ फैसला भए पनि फरार वाग्लुङ विहु–८ घर भएका ४४ वर्षीय कृष्ण प्रसाद कडेललाई प्रहरीले पक्राउ गरेको छ। अदालतले उनलाई असार १९ गतेको फैसला अनुसार ३ वर्ष कैद र ३ लाख जरीवाना ठहर गरेको थियो।

साइप्रस पठाउने भनी रकम ठगी गर्ने पक्राउ

साइप्रस रोजगारीमा पठाउने भनी ठगी गर्ने अमर सुमीत्रा कन्सल्टेन्सी गंगबुका संचालक म्याग्दी भकिल्मी–२ का ४० वर्षीय अमर बहादुर बिकलाई बुधबार पक्राउ गरिएको छ। बनस्थलीबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो।

एटिएम ठगको प्रमुख निशाना नेपाल, ७२ घन्टामा २६ लाख निकालियो

एटिएमबाट गरिने ठगी कसुरमा सजाय कम र बैंकले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा हुने सहजताका कारण अन्तर्राष्ट्रिय संगठित गिरोहको निशानामा नेपाल रहेको निष्कर्ष प्रहरीले निकालेको छ।

ठग गाइडले पर्यटक मर्कामा

विभिन्न ऐतिहासिक र पुरातात्विक स्थल भ्रमणमा जानकारी र सूचनासहित पर्यटकलाई सघाउने दक्ष पथ प्रदर्शक (गाइड)को अभावमा आफू ठगिएको पर्यटकले गुनासो गरेका छन्।

विदेश पठाइदिन्छु भन्दै ठगी गरेर फरार आले पक्राउ

काठमाडौँ- ठगी मुद्दामामा अदालतबाट सजायँ फैसला भए पनि फरार रिता आलेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं जिल्ला अदालतको २०६५ भदौ ४ गतेको फैसलाले २ बर्ष कैद र ४५ लाख १ हजार ५ सय जरीवाना ठहर गरेको थियो।

अख्तियारका सुराकी ठगीमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि सुराकीको काम गर्दै आएका एकजना सर्वसाधारणबाट करौडौं ठगेको आरोपमा पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी आरोपमा फरार रहेका वीरगञ्ज–१३ का मुञ्चुनप्रसाद बर्मालाई मंगलबार पक्रेको हो ।

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ- रुस हुँदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्