१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

५ सयको टिकट हजारमा बेच्ने र नक्कली प्रहरी बनेर ठग्ने पक्राउ

काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकस्थित रातुकमला टिकट काउण्टरका कर्मचारी पक्राउ परेका छन्। कोटेश्वर बस्ने महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौंदेखि सिन्धुली जाने गाडीको तोकिएको ५ सय रुपैयाँ मूल्य पर्ने टिकट १ हजार रुपैयाँमा बिक्री गरेको अवस्थामा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिने भनी रकम हुण्डी गर्न लगाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ठग्न नपाउँदा ट्याक्सीचालक आन्दोलनमा

काठमाडौं-मिटर नचलाई यात्रुसँग बढी भाडा असुल्न पाउनुपर्ने लगायत विभिन्न माग राखी मंगलबार ट्याक्सीचालक आन्दोलनमा उत्रे ।

नेसनल ट्रेडिङबाटै ठगी, तोकिएभन्दा कम तेल वितरण

नेसनल ट्रेडिङ लिमिटेड टेकुमा रहेको पेट्रोल पम्पले पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम वितरण गर्ने गरेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले सोमबार गरेको जाँचमा उक्त परिणाममा कम तेल दिने गरेको फेला पारेको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।

बढी भाडा लिए ठगी मुद्दा

काठमाडौं– प्रहरीले हुँदै नभएका सुविधा भन्दै बढी भाडा लिने बस संचालकलाई ठगी मुद्दा चलाउने भएको छ। यस्तै अनावश्यक रुपमा लगेज भन्दै भाडा लिने र तोकेको दररेट भन्दा बढी भाडा लिए ठगी मुद्दामा कारवाही चलाउने तयारी प्रहरीले गरेको हो।

एसपी हुँ भन्दै ठगी गर्ने पक्राउ

उदयपुर- आफुलाई एसपी, डिएसपी बताउँदै बजारमा कमिशन र घुस लिदै हिड्ने यहाँका एकजना पक्राउ परेका छन्।

भ्रमित पारी ठगी गर्ने तीन पक्राउ

विदेश जानेलाई भ्रमित पारेर ठगी गर्न लागेको आरोपमा इटहरीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। झुक्याएर पैसा लिएको आरोपमा प्रहरीले इटहरी ५ एक्सेस ट्राभल्स नामक मेनपावर सञ्चालन गर्ने धनकुटा जितपुर–१ का २४ वर्षीय सन्देश श्रेष्ठ, इटहरी –५ कै ३२ वर्षीय जितेन्द्र बुढाथोकी र धनकुटा मुर्तिढुङ्गाद्द८ का २४ वर्षीय प्रकाश खडकालाई पक्राउ गरेको हो ।

भूकम्पपीडितका नाममा पौने चार करोड ठगी

भूकम्पपीडितका उठाएको राहत रकम ठगी गर्न काठमाडौंमा दर्ता भएको एउटा गैरसरकारी संस्थाले सप्तरीमा नक्कली साधारण सभा गरेको भेटिएको छ। ठगी आरोपमा संस्थाका अध्यक्ष र महासचिव पक्राउ परेपछि भूकम्पपीडितका नाममा आएको अनुदानमा भएको 'ब्रह्मलुट' बाहिर आएको हो।

ठगलाई ठेगान

राजधानी उपत्यकामा वार्षिक हजारको हाराहारीमा ठगीका उजुरी नेपाल प्रहरीको सम्बद्ध शाखामा दर्ता हुन्छन्। डर–त्रास तथा धम्की तथा ठग्ने र ठगिनेबीच हुने अस्वाभाविक मिलापत्रका कारण प्रहरीसम्म उजुरी नपुगेका ठगीका घटनाको संख्या योभन्दा बढी छ ।

उपत्यकामा मौलायो ठगी

'ठगका हजार दाउ!' राजधानीमा अहिले त्यस्तै देखिएको छ। यहाँ बसेर ठगी धन्दा चलाउनेहरूले अनेक जुक्ति, बहाना र प्रविधि लगाएर आफ्ना गतिविधि दिनदुगुणा, रात चौगुणा बनाइरहेको प्रहरी तथ्यांकले औंल्याउँछ।

लोभमा परेर सुन खरीद गर्दा व्यापारी नै ठगिने क्रम बढ्दो

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव हुने क्रममा एक वर्षअघि चाँदीमा सुनको जलप लगाएर नक्कली सुनको कारोबार गर्ने गिरोहमा संलग्न ६ जनालाई इटहरीबाट प्रहरीले पक्राउ गर्यो।

यसरी ठगिए पूर्व लाहुरे, लाहुरे परिवार घर न घाटको अवस्थामा

धरान १५ दशरथ पथका ५४ बीरबहादुर थापाले ब्रिटिश आर्मीमा २१ बर्ष नोकरी गरे। ०५५ सालमा रिटायर्ड भएपछि पनि उनी इराक, बहराइन गए। जीवनभरको कमाइले उनले ०६४ सालमा एक कट्टा जग्गामा तीन तले पक्की घर बनाएका थिए। विदेशमा पसिना बगाएर बनाएको त्यही घरजग्गा पनि अहिले उनी आफ्नो भन्नसक्ने अवस्थामा छैनन्।

अष्ट्रेलिया र क्यानडा सरकारको लोगो दुरुपयोग गरी नेपाली ठगी

द वर्ल्ड एण्ड मेमोरियल एजुकेशनल कन्सल्टेन्सीको वेब साइट झट्ट हेर्दा लाग्छ यसले अष्ट्रेलिया र क्यानडा सरकारको अनुमतिमा नेपाली युवालाई विदेश पठाउन सहयोग गर्छ।

नेपालमा 'हाइटेक' ठग

चोरीठगीमा संलग्न व्यक्तिहरूले पछिल्लो समय विकसित आधुनिक प्रविधिलाई नै ठगीको माध्यम बनाउने गरेको पाइएको छ। पछिल्ला दिन पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान क्रममा प्रहरीले यो तथ्य पत्ता लगाएको हो।

विदेश जाने युवालाई प्रलोभनमा पारी ठगी गर्ने ७ पक्राउ

इटहरी– विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गर्न लागेको आरोपमा आइतबार सात जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहका तीन तथा अवैध रुपमा विदेश पठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्