४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महिला संक्रमितका लागि छुट्टै क्वारेन्टिन

क्वारेन्टिनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए ।

संक्रमित बढ्दै, तयारी सुस्त

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै कामका लागि त्यहाँ रहेका कर्णालीबासी फर्कने आँकलनसहित प्रदेश सरकारले बबईमा क्वारेन्टिन निर्माण र अनिवार्य स्वास्थ्य जाँच गर्ने निर्णय ग-यो।

क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्ने चिन्ता

कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ। भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेन्टिनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ।

कोरोनाविरुद्ध क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनसम्मको तयारी

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न भक्तपुरस्थित सङ्कट व्यवस्थापन समिति (सिएमसी) ले विभिन्न योजनासहित तयारी अगाडि बढाएको हो ।

क्वारेन्टिनबाट घर फर्केका वृद्धको मृत्यु

दुई साता क्वारेन्टिनमा बसेर घर फर्केका एक वृद्धको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ का ६८ वर्षीय वृद्धको शािबार मध्यराति मृत्यु भएको हो ।

यस्तो छ सलह नियन्त्रण गर्ने सरकारी तयारी

भारतमा सलह किराको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर सरकारले नियन्त्रणको लागि तयारी सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह आउन सक्ने सम्भावना आकलन गर्दै प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको अध्यक्षतामा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको छ ।

विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिको सुरुमै आरटी–पिसिआर गरिने

भारतबाट आएर जिल्लाको तीनवटा गाउँपालिकाको क्वारेन्टिनमा बसिरहेका व्यक्तिको सुरुमा नै आरटी–पिसिआर गरिने भएको छ । यसअघि सुरुमा द्रुत विधिबाट परीक्षण हुँदै आएकोमा यस पटकदेखि सुरुमा नै आरटी–पिसिआर गरिने भएको हो ।

स्थानीयतहका क्वारेन्टिनलाई आर्थिक सहायता दिन सांसदको माग

स्थानीय तहमा स्थापना भएका क्वारेन्टिनको व्यवस्थापनका लागि संघीय सरकारले आर्थिक सहायता गर्नुपर्ने माग सांसदहरुले गरेका छन्। स्थानीय तहमा निर्माण भएका क्वारेन्टिन व्यवस्थित नहुँदा आत्महत्याका घटनाहरु बढिरहेको उल्लेख गर्दै सांसदहरुले थप बजेटको व्यवस्था गर्न माग गरेका हुन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुम पश्चिम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न पनि माग गरेका छन्।

भारतबाट फर्केका चार हजार क्वारेन्टिनमा

भारतबाट फर्केका चार हजार १ सय ७२ जना क्वारेन्टिनमा बसेका छन् । बैतडीका १० वटै स्थानीय तहले विभिन्न वडामा बनाएका क्वारेन्टिनमा बसेका हुन् ।

कोरोना कहर : फेरि भरिए रोल्पाका क्वारेन्टिन

कोरोना त्रासका कारण घर फर्किनेहरु बढेपछि केहि दिन यता रोल्पाका क्वारेन्टिनहरु फेरि भरिन थालेका छन् । अघिल्लो साता करिब करिब खाली भएका यहाँका क्वारेन्टिनहरुमा देश भित्र र भारतबाट आएकाहरुलाई राख्न थालेपछि पुनः भरिएका हुन् ।

संक्रमित थपिएपछि आइसोलेसन बेडको अभाव

कपिलवस्तुमा एकै पटक धेरै संख्यामा कोरोना संक्रमित थपिन थालेपछि बिरामीहरुलाई राख्न आइसोलेसन बेडको अभाव छ ।

भारतबाट नेपाल आएका ८२८ जना क्वारेन्टिनमा

भारतबाट आएका ८२८ जनालाई क्वारेन्टिनमा राखिएको छ। भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँस्थित विभिन्न क्वारेन्टिनमा राखिएको हो।

क्वारेन्टिनमै जन्मियो शिशु

बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छिन्।

दैलेखको क्वारेन्टिनमा एक जनाको मृत्यु

भारतबाट फर्किएर क्वारेन्टिमा रहेका एक युवकको दैलेखमा मृत्यु भएको छ । १० दिनअघि भारतको गुजरातबाट फर्केका दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको हो ।

क्वारेन्टिनमा आयुर्वेदिक औषधि र योगाभ्यास

क्वारेन्टिनमा रहेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले नियमति योगाभ्यास गराउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्