११ मंसिर २०८१ मंगलबार
image/svg+xml

हुम्लामा फेरि हिमपात

माघ ७ गते परेको भारी हिउँ पग्लन नपाउँदै बिहीबार अर्को हिमपात भएको छ। पछि यहाँको जनजीवन कष्टकर भएको छ। यहाँको हवाई सेवा सञ्चालनमा आएको आठ दिनमै अवरुद्ध भएको छ। सदरमुकाम सिमकोटको तापक्रम घटेर माइनस ५ डिग्री सेन्टिग्रेड पुगेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाका–६ को लिमीगाउँ हिमपातकै कारण सदरमुकामसँग सम्पर्कविहीन बन्न पुगेको छ।

हिमपातले जनजीवन कष्टकर

हिमपात नरोकिएपछि हिमाली जिल्लाको अझै सामान्य बन्न सकेको छैन। कतिपय गाउँ अझै विद्युत् र सञ्चार सेवाबाट प्रभावित छन्। स्थलमार्ग र हवाई सेवा पूर्णतया अवरुद्ध छन्। सडक, विद्युत् र सञ्चार सेवा नियमित गर्ने प्रयास भइरहे पनि हिउँ पर्न नरोकिएकाले झनै चुनौती थपिएको प्रशासनले बताएको छ।

गुल्मीका उच्च भूभागमा हिमपात, जनजीवन प्रभावित

गुल्मीका विभिन्न भागमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। शुक्रवार दिउँसोदेखि परेको वर्षासँगै जिल्लाका उच्च भूभागमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो।

मुस्ताङमा हिमपात (फोटो फिचर)

लगातारको हिमपातले मुस्ताङको जनजीवन प्रभावित भएको छ। मंगलबारदेखि भइरहेको हिमपातले सदरमुकाम जोमसोम बजार सहित बस्ती समेत सेताम्ये भएको छ।

हिमपातले डाँडाकाँडा सेताम्य, जनजीवन कष्टकर

डोल्पामा हिमपात सुरु भएको छ। सोमबार रातिदेखि बादल लागेपनि आज बिहानैदेखि हिमपात सुरु भएको हो। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, करेलीकाँडा, पहाडा, लिकु, दापु जगदुल्ला गाउँपालिकामा पर्ने रिमी काइगँउ, ठुलीभेरी नगरपालिकामा पर्ने जुफाल, माझफाल, रह लगायतका स्थानमा अहिले हिमपात भइरहेको छ।

कर्णालीमा भारी हिमपात, तापक्रम माइनस ८ डिग्री

हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ। कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ। लामो समयपछि परेको हिमपात र वर्षाका कारण चिसो बढेको छ।

जुम्लामा बाक्लो हिमपात, किसान हर्षित

कर्णालीका जिल्लामा भारी हिमपात भएको छ। हिमपातका कारण बिहानै देखि जनजीवन कष्टकर बनेको छ। झण्डै एक हप्तासम्म बादल देखिदै आएको थियो। राति दुई बजेदेखि फाटफुट बर्षा हुँदै आएकोमा जुम्लामा बिहान १० बजेपछि हिमपात सुरु भएको छ।

उपत्यकामा वायु प्रदूषण : सासै फेर्न सकस

वायुलगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ। सवारीसाधनले फालेको धुवाँ, सडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ।

वर्षाले दिल्लीमा डुबान

भारतको राजधानी दिल्लीमा परेको घनघोर वर्षाका कारण यहाँका केही भागमा डुबान हुँदा दिल्लीको यातायात लगायतका दैनिक जनजीवन कष्टकर बनेको छ।

अविरल वर्षाका कारण भारतको जनजीवन प्रभावित

अत्याधिक वर्षाका कारण भारतको मुम्बई लगायत विभिन्न ठाँउहरू जनजीवन प्रभावित हुन पुगेको छ।

वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।

गर्मीका कारण जनजीवन कष्टकर

पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ।

देशैभरि यातायात बन्दको प्रभाव, जनजीवन प्रभावित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको बन्दको प्रभाव देशैभर परेको छ। शुक्रबार बिहानै देखि काठमाडौं लगायत देशभरि भाडाका सवारी साधनहरु चलेका छैनन्। सवारी नचल्दा देशभरको जनजीवन प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्