७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पेट्रोलियम पाइपलाइनः एउटा सञ्चालन, अर्कोको तयारी

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि उठे पनि लामो समयसम्म त्यसले मूर्त रूप लिन सकेन। नेपाल सक्दो छिटो पाइपलाइन बनाउन चाहन्थ्यो, भारतको नीति भने ठीक उल्टो देखिन्थ्यो। नेपालमा २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका घटनाक्रमले भारत आफैं पाइपलाइन बनाउन अगाडि सर्‍यो।

एक महिनामै पाइपबाट १० करोड लिटर डिजेल आयात

नेपाल आयल निगमले एक महिना मै पेट्रोलियम पाइपबाट १० करोड लिटर (एक लाख किलोलिटर) डिजेल ल्याउन सफल भएको छ। पाइपलाइन सञ्चालन भएपछि निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट डिसेम्बर महिनामा मात्रै १० करोड लिटर डिजेल आयात गरेको हो। यो पाइपलाइन निर्माण सम्पन्न भएपछि पहिलो पटक अहिलेसम्म कै धेरै परिमाण हो।

पाइपलाइनबाट आएको तेल वितरणमा अवरोध प्रयास

मुलुकमा सबैभन्दा धेरै इन्धन वितरण गर्ने नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट इन्धन वितरणमा स्थानीयले धम्की दिएर अवरोध गर्ने प्रयास गरेका छन्।

दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर भारतबाट पाइपमार्फत डिजेल आयात गरिरहेको नेपाल आयल निगमले पूर्वी नेपाललाई लक्ष्य गर्दै भारतसँग दोस्रो अन्तरदेशीय पाइपलाइन निर्माण गर्ने तयारी गरेको छ।

चीन पुग्यो रुसी ग्यास पाइपलाइन, पुटिन र सीद्वारा उद्घाटन

दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा व्याख्या गरिएको छ।

मोतिहारी–चितवन एलपिजी ग्यास पाइपलाइन सर्वेको उद्घाटन

अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन र  भारतको मोतिहारीदेखि  चितवनसम्म खाना पकाउने एलपिजी ग्यास ल्याउन पाइलाइनको सर्वे कार्यको शनिबार एक कार्यक्रम गरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले अमलेखगन्जमा उद्घाटन गरेका छन्।

फास्ट ट्रयाक हुँदै काठमाडौंमा पाइपबाट तेल

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत पाइप बिछ्याएर काठमाडौंमा तेल ल्याउन सम्भव देखाएको हो।

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन्। उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्। उनकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन्।

पेट्रोलियम पाइपलाइनः सस्तो र सफा तेल, वार्षिक दुई अर्ब बचत

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ। दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो।

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गरेका छन्।

मोदीले भने : मित्र ओलीजी ! म चाँडै नेपाल आउनेछु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नै नेपाल भ्रमणमा आउने बताएका छन्। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाईप लाईन परियोजनाको मंगलबार संयुक्तरुपमा अनलाइन उद्घाटनमा बोल्दै मोदीले भने, ' यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, यहाँ समक्षा आउने मेरो पनि इच्छा छ । म चाँडो आउने प्रयास गर्नेछु।'

मंगलबार पेट्रोलियम पाइपलाईन उद्घाटन

दक्षिण एसियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्।

चीनबाट पनि पेट्रोलियम पाइपलाइन

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ।

२३ अर्ब क्युबिक मिटर ग्यास आपूर्ति

चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्