पाइपबाटै आयो डिजेल भारतबाट नेपाल
भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनको शुक्रबार सफल परीक्षण गरिएको छ। निर्माण गरिएको पाइपबाट भारतको बरौनीबाट पाटना हुँदै डिजेल आपूर्ति गरिएको छ।
भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनको शुक्रबार सफल परीक्षण गरिएको छ। निर्माण गरिएको पाइपबाट भारतको बरौनीबाट पाटना हुँदै डिजेल आपूर्ति गरिएको छ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणस्वरूप १ लाख लिटर इन्धन पठाइएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले मोतिहारी डिपोबाट पहिलोपटक अमलेखगन्जस्थित निगमको डिपोमा पुग्नेगरी डिजेल पठाइएको हो।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक परीक्षण स्वरुप एक लाख लिटर इन्धन आउन लागेको छ। परीक्षण सफल भएसंगै आपूर्तिको लागि पाइपलाइन तयार हुने र संघीय सरकारबाट उद्घाटनको औपचारिकतापछि आपूर्ति समेत पाइपलाइनबाट हुने नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन योजना कार्यालयले जनाएको छ।
नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ।
अहिले भारतबाट करिब १५ सय ट्यांकरले तेल ढुवानी गर्दै आएका छन्।
राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ।
भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिएको छ। पाइपलाइन बिछ्याउने कार्यमा बाधा बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको उपस्थितिमा चैत ४ गतेदेखि काट्न सुरु गरिएको थियो।
नेपाल आयल निगमले निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम तथा खाना पकाउने ग्यास (एलपिजी) पाइपलाइन र इन्धन भण्डारण थल निर्माण परियोजनाका लागि करिब ४१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनमा देखिएको छ।
नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ।
नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले लगाएको नाकाबन्दीको असर सर्वत्र परे पनि भारत र नेपालका बीच बन्न लागेको पेट्रोलियम पाइपलाइन परियोजनामा भने यसले फाइदा पु-याएको छ।
मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको संख्या ७३ पुगेको छ। घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्।
मेक्सिकोमा पाइपलाइनमा ठूलो आगलागी हुँदा २१ जनाको ज्यान गएको छ भने ७१ जना गम्भिर घाइते भएका छन। शुक्रवार पेट्रोलियम पदार्थको उक्त पाइपलाइनका प्वालवाट तेल निस्किएर आगलागी भएको बताइएको छ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि पर्सा राष्ट्रिय निकुञ्जमा करिब ६ हजार पाँच सय रूख काट्नुपर्ने देखिएको छ।
भारतबाट पेट्रोलियम पदार्थ ल्याउन मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणले तीव्रता पाइरहेका बेला नेपाल आयल निगमले अर्को पाइपलाइन परियोजनाको प्रस्ताव गरेको छ। अहिले निर्माणाधीन पाइपलाइनले मुलुकमा खपत हुने पेट्रोलियम पदार्थको पूरै माग धान्न नसक्ने भएपछि निगमले प्रदेश नं १ लाई लक्ष्य गरेर अर्को पाइपलाइन परियोजना निर्माण गर्ने तयारी गरेको हो।
मुलुकको पेट्रोलियम कारोबारमा महत्वपूर्ण मानिए पनि मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना बनाउन करिब दुई दशक कुरा मात्र गरियो । नेपालले उच्च प्राथमिकता दिएको यो परियोजना बनाउन भारतको दोधारे नीतिका कारण यति धेरै समय लागेको थियो ।