९ मंसिर २०८१ आइतबार
image/svg+xml

सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुवै भाषामा

पाठ्यक्रम तथा मूल्यांकन परिषदले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाइने निर्णय गरेको छ।

तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने?

कक्षाकोठाको अनुगमनपछि शिक्षकशिक्षिकासँगका छलफलमा प्रधानाध्यापक मायादेवी मल्लले सिद्धीगणेशको बाहिरी वातावरण जति सुन्दर भए पनि भित्र त्यस्तो नभएको बताए।

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ।

वादी बालबालिका पढाइबाट वञ्चित

सुर्खेतको एक छात्रवासमा बस्दै आएका वादी समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन्। वादी सरोकार मञ्चले सञ्चालन गरेको छात्रवासमा बसिरहेका १२० मध्ये ७६ जना बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन्।

विद्यालय बन्दको असर: साना बालबालिकाले क,ख बिर्सिए

'राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डीसमेत बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो' अभिभावक छपिलालले भने, 'साना बालबालिकाले छिटो बिर्सने रहेछन्। चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ।'

एसइई नतिजा नआउँदै कक्षा ११ को पढाइ

उपत्यकाका राम्रा भनिएका विद्यालयहरूले राम्रो नतिजा ल्याउन सक्ने विद्यार्थी पहिचान गरी प्राविधिकतर्फ इन्जिनियरिङ र साधारणतर्फ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन समूहका विद्यार्थीलाई कसैले ट्रायल कक्षा, कसैले कक्षा ११ को तयारी त कसैले विद्यार्थीको फुर्सदको समय सदुपयोग गरेको भन्दै पढाइरहेका छन्।

अब दोलखामै एमबीएस पढाइ, गौरीशंकरले पायो अनुमति

जिल्लाकै जेठो गौरीशंकर बहुमुखी क्याम्पसमा भदौदेखि व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमबिएस) पढाई हुने भएको छ।

उत्प्रेरणा र सहयोगले पढाइलाई निरन्तरता

बालिकाहरूका लागि संचालित बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले कक्षा छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेलेको छ। भिएसओ र आसमान नेपालको साझेदारीमा धादिङमा बालिकाहरूलाई लक्षित गरी बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गरिएको हो।

उत्प्रेरणा र सहयोगले पढाइलाई निरन्तरता

नीलकण्ठ नगरपालिका वडा नं ७ मर्स्याङछाँपकी अञ्जना परियारले कक्षा ९ मा पढ्दै गर्दै विद्यालय छाड्ने मनसाय बनाइन्। ज्यालामजदुरी गरी परिवारको छाक टार्दै आइरहेका उनको आमाबुबाले जसोतसो पढाइरहेका थिए।

घरायसी कामले छोरीको पढाइ बिग्रियो

छोराले नै लालनपालन गर्ने विश्वास गरिन्छ। यसैले तिनलाई अलि महँगो निजी विद्यालयमा र छोरीलाई अर्काको घर जाने हो भन्दै कम खर्च हुने सामुदायिक विद्यालयमा पढाउने अभिभावक गाउँघरमा अझै छन्।

कानुन पढाइ निजीलाई सुम्पन सुझाव

नेपाल ल क्याम्पसलाई राष्ट्रिय र नमुना ल कलेजका रूपमा विकसित गर्न आवश्यक पूर्वाधार बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। त्रिविका बहुमुखी क्याम्पसमा कानुन विषयको अध्ययन र अध्यापनको काम बिस्तारै बन्द गर्न भनिएको छ।

पढाइमा बौद्धिक परिवारका बालबालिकामा दवाव बढी: अध्ययन

विश्वविद्यालयको अध्ययनका शिलशिलामा सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दवाव रहने गरेको देखिएको छ।

चौतारी र प्रतीक्षालयमा पढाइ

पहिले पठनपाठन चौतारी, प्रतीक्षालय तथा ठाँटी र पौवामा हुन्थ्यो। कोरोना महामारीले गर्दा यहाँका विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गराउन पहिले झैँ गाउँका चौतारी र प्रतीक्षालयमा पढाउन थालिएको छ।

पसीनाको सुगन्ध

प्रत्येक असारमा ऊ दिनरात मिहिनेत गरेर परीक्षा दिन्छ र हरेक मंसिरमा ऊ पास हुन्छ । ऊ यसपटक दसौं वर्षको परीक्षा दिँदैछ । महोदय उसलाई दस कक्षामा राख्न मिल्छ कि मिल्दैन ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्