१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

धमाधम निर्माण हुँदै जलविद्युत् आयोजना

जिल्लाका विभिन्न नदीहरूमा बर्सेनिजसो जलविद्युत् आयोजना निर्माण हुँदै विद्युत् उत्पादनसमेत गरिहेका छन् । जिल्लाका माई र पुवाखोलामा उत्पादन गरिरहेका आयोजना आधा दर्जन नाघेका बेला केही आयोजना धमाधम निर्माण चरणमा छन् ।

जुम्लामा हिमाली आयोजना असफल

उच्च पहाडी क्षेत्रमा व्यवसायमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको हिमाली आयोजना जुम्लामा असफल बनेको छ । हिमाली आयोजनाले सञ्चालन गरेका उपआयोजना अलपत्र अवस्थामा छन् । जुम्लामा ७० वटा उपआयोजना सञ्चालनमा आएकोमा अधिकांश अलपत्र छन् ।

जलविद्युत् आयोजना निर्माणमा सकारात्मक सोच आवश्यक

नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने यस्तो एक्स्पोमा जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणबारे जानकारी एकै थलोबाट लिन सकिने छ । यस्तो एक्स्पो नेपालमा पहिलोपटक गर्न लागिएको हो । जलविद्युत् सम्मेलन भएका थिए । तर, अहिले गर्न लागिएको जस्तो एक्स्पो योभन्दा अगाडि भएका थिएनन् ।

अधिंकाश हिमाली आयोजना अलपत्र

जुम्ला,चन्दननाथ नगरपालिका ९ का तिलवहादुर गिरी हिमाली आयोजनाको सहयोगमा स्थापित त्रिवेणी गाईपालन उद्योगका सदस्य हुन । उद्योग स्थापना हुनु अघि उनले, गाईपालन गरेर मनग्गे आम्दानी गर्ने योजना बुनेका थिए ।

डडेल्धुराका तीन लघु जलबिद्युत आयोजना बन्द, गाउँ अन्धकार

डडेल्धुरामा रहेका लघु जलबिद्युत आयोजना मध्ये हाल तीन वटा आयोजनाको मर्मत सम्भार हुन नसक्दा जिर्णभई प्रयोग विहिन बनेका छन । तीन वटा लघु जलबिद्युत आयोजना प्रयोगविहीन बनेसंगै लाभान्वित २ सय ४८ भन्दा बढि घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।

चिलिमे आयोजना पुनः सञ्चालनमा

बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ।  विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम पुरा

पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलाबाट उत्पादन गर्न लागिएको इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत बढी काम सम्पन्न भएको छ।

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाइने

नेपालको ऊर्जा क्षेत्रमा नयाँ आयम थप्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित एवं बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना अन्ततः स्वदेशी लगानी र सीपमा नै निर्माण हुनेभएको छ।

यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना

वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको छ।

तामाकोशी आयोजनाको ८.२ किमी सुरुङ खन्ने काम सम्पन्न

स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएको छ। सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

ठूला आयोजनाको ढिलासुस्तीमा एडिबी गम्भीर

एसियाली विकास बैंक (एडिबी) ले आफ्नो लगानीमा सञ्चालित ठूला आयोजना तोकिएको अवधिमा सम्पन्न गर्ने गरी काम हुन नसकेकोप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

विवादित खानेपानी आयोजनाको लागत बढ्यो

सरोकारवाला पक्षसँग परामर्श नगरी विजयपुर दरबार क्षेत्रको वन फडानी विवादमा फसेको धरान खानेपानी आयोजनाको कुल लागत वृद्धि भएको छ । विवादको कारण तोकिएको समयावधिमा सम्पन्न हुन नसकेको आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुगेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

भेरी–बबई आयोजनामा पाँच सयलाई रोजगारी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजार सम्म कमाउँदै आएका छन् ।

मध्यपहाडी क्षेत्रमा लिफ्ट सिँचाइ आयोजना

सरकारले मध्यपहाडी क्षेत्रका जिल्लाहरुमा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । यही आर्थिक वर्षबाट सुरु गर्ने गरी सिँचाइ मन्त्रालयले आयोजनाको प्रस्ताव तयार पारेको हो।

जलविद्युत आयोजना निर्माणमा व्यवसायीको अग्रसरता

ब्रह्मायणी नदी भूमिगत सुरुङमार्फत इन्द्रावतीमा खसालेर त्यहाँ बहुउद्देश्यीय जलाशययूक्त जलविद्युत आयोजना निर्माण गर्न जलविद्युत व्यवसायी अग्रसर भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्