१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

रुग्ण आयोजना सञ्चालन गर्न नसकेका व्यक्ति महानिर्देशक बन्दै

सहरी विकासमन्त्री प्रभु साहले रुग्ण आयोजना सुचारु गर्न नसकेका व्यक्तिलाई सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनाउने तयारी गरेका छन् ।

जलविद्युत् आयोजनामा ३६ अर्ब लगानी

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले आगामी पाँच वर्षभित्रमा ३५ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याएर जलविद्युत् आयोजना निर्माणमा लगाउने भएको हो ।

तनहुँ जलविद्युत् आयोजनालाई जग्गाको हदबन्दी छुट

सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ।

जलविद्युत् आयोजनाले फेरियो जीवनशैली

रसुवामा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनाले जिल्लाबासीको जीवनशैली परिवर्तन गरेको छ। जिल्लामा रहेका जलविद्युत् आयोजनाले पूर्वाधारको विकास गर्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत दिन थालेपछि रसुवाबासीको जीवनशैली परिवर्तन हुँदै जान थालेको हो।

राष्ट्रिय गौरवका आयोजना लक्ष्यमा पुग्न असफल

राष्ट्रिय गौरवका आयोजना वर्षौंदेखि नै लक्ष्यमा पुग्न असफल रहेको पाइएको छ। जसले गर्दा गौरवका आयोजना बर्सेनि पछि धकेलिएका धेकेलियै छन्।

चन्द्रनहर सिँचाइ आयोजनामा करिब दुई अर्बको क्षति

हालै आएको मुसलधारे वर्षाका कारण सप्तरी जिल्लामा आएको भिषण बाढी र पहिरोले पुरानो चन्द्रनहर सिँचाइ आयोजनालगायतका वितरण प्रणालीमा रु एक अर्ब ८८ करोड मूल्य बरावरको क्षति भएको छ।

द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण, निर्माण लक्ष्य चार वर्ष

सरकारले काठमाडौँ–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ। सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो।

एकै ठाउँमा दुई आयोजनालाई अनुमति

विकास निर्माणका आयोजना अघि बढाउँदा सरकारी पदाधिकारीबीच समन्वय अभावको भार राज्यले बोक्नु परेको आरोप वर्षौंदेखि लाग्दै आएको विषय हो। सरकारी अधिकारीको यस्तै गैरजिम्मेवारीका कारण विकास आयोजनालाई कति हचुवाका भरमा अगाडि बढाइन्छ भन्ने एउटा गतिलो उदाहरण सुनकोसीमा बन्न लागेका दुई आयोजनाले देखाएका छन्।

राष्ट्रिय गौरवका आयोजना सधैं ढिलो

सरकारले बजेट र जनशक्तिको पर्याप्त व्यवस्था गरेको भन्दै प्रचारित राष्ट्रिय गौरवका आयोजनामा पछिल्लो वर्षको प्रगति पनि सन्तोषजक हुन सकेन। भाषणमा प्राथमिकता दिइएको भन्दै प्रचार गरिने गौरवका आयोजनाको उपलब्धि आर्थिक वर्ष ०७३/७४ मा पनि विगतको जस्तै निराशाजक देखिएको छ।

अर्जेन्टिना र उरुग्वेले विश्वकप आयोजनाको दाबी गर्ने

अर्जेन्टिना र उरुग्वेले २०३० मा विश्वकप आयोजनाका लागि संयुक्त दाबी गर्ने भएका छन्। विश्वकपको २०३० संस्करणका लागि चीन र अन्य मुलुकले दाबी गर्ने अपेक्षा गरिए पनि दक्षिण अमेरिकाका दुई देश पनि यसको दौडमा उपस्थित हुने भएका छन्।

आयोजनाको बजेटमा विदेश सयर

नयाँ आर्थिक वर्षको सुरुआतसँगै राष्ट्रिय गौरवको रानीजमरा सिँचाइ आयोजनाको बजेटबाट सिँचाइ मन्त्रालय, विभाग र आयोजनाका कर्मचारी विदेश भ्रमणमा गएका छन्। मन्त्रालयबाट एक, विभागबाट तीन र आयोजनाको कार्यालय टीकापुरबाट प्रमुख शुसिलचन्द आचार्यसहित सात गरेर ११ जना कर्मचारी इटालीभ्रमणमा गएका छन्।

जलविद्युत् आयोजना निर्माणमा सरकार नै तगारो

एकपछि अर्को गर्दै जटिल कानुनी प्रवधान ल्याएर सरकारले नै जलविद्युत् आयोजना निर्माणमा अवरोध पुर्‍याउन थालेको छ । वन क्षेत्रको जग्गा प्रयोगमा कठोर व्यवस्था गरेपछि सरकार नै आयोजना निर्माणमा तगारो बनेको हो ।

बूढीगण्डकी आयोजना अघि बढाउन सरकार र चाइना गेजुवाबीच एमओयू

बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी (सिजिजिसी)बीच प्रारम्भिक सम्झौतापत्रमा (एमओयू)मा हस्ताक्षर भएको छ।

राष्ट्रिय गौरवका आयोजनामा बाधा यथावत

अर्थमन्त्रीले ठूला आयोजनालाई विशेष महत्त्व दिँदै पर्याप्त रकम विनियोजन गरेको बजेट सार्वजनिक गरेको भोलिपल्ट सिँचाइ मन्त्री दीपक गिरीले राष्ट्रिय गौरवका आयोजनामा तमाम बाधा अड्चन रहेको बताएका छन् ।

राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम दिने बजेट आउँदै

आर्थिक वर्ष २०७४/७५ मा राष्ट्रिय गौरवका आयोजनलाई पर्याप्त रकम उपलब्ध गराइने भएको छ। यही जेठ १५ गते बजेट ल्याउने तयारी गरिरहेको अर्थ मन्त्रालयले सोमबार राष्ट्रिय गौरवका आयोजनालक्षित बजेट ल्याउने तयारी भइरहेको जानकारी गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्