१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपालका तीन खेलाडीलाई स्वर्ण

डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।

ज्याकोब्सले जिते सय मिटरमा स्वर्ण

आइतबार भएको फाइनल चरणमा ज्याकोब्सले निर्धारित दूरी ९.८० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। ९.८४ सेकेन्डमा दूरी पूरा गरेका अमेरिकाका फ्रेड कार्लेले रजत जित्दा क्यानडाका आन्द्रे डी ग्रासले निर्धारित दूरी ९.८९ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते।

भेरेभले दिलाए जर्मनीलाई स्वर्ण

पछिल्लो पटक सन् १९८८ मा स्टेफी ग्राफले महिला एकलमा स्वर्ण जितेकी थिइन्। त्यसको चार वर्षपछि नै बोरिस बेकर र मिकाइल स्टिचले पुरुष डबल्समा जर्मनीलाई स्वर्ण दिलाएका थिए। त्यसयता जर्मनी टेनिसमा स्वर्ण जित्न असफल थियो।

हिरण्यवर्ण महाविहारको पुनर्निर्माण सुरु

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको हिरण्यवर्ण महाविहार तथा दिगि छेंको पुनर्निर्माण सुरु भएको छ।

डियाजको ऐतिहासिक स्वर्ण

फिलिपिन्सकी भारोत्तोलक हिडिलिन डियाजले निर्वासन, त्याग र प्रशिक्षणमा भोगेका कष्ट भुल्नेछिन्, किनकि उनले ओलम्पिकबाट देशलाई पहिलो स्वर्ण दिलाएकी छन्।

चीनलाई तीन स्वर्ण

चीनले शनिबार टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा इक्वेडरका साइक्लिस्ट रिचार्ड क्रपाजले रोड रेसतर्फ स्वर्ण पदक जितेका छन्।

अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो: सञ्जीव र प्रेमलाई स्वर्ण

अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा भएको दुईदिने च्याम्पियनसिपमा पुरुषतर्फ सञ्जीवले ३१–४० वर्ष उमेरसमूह र प्रेमकुमारले ४१–५० वर्ष उमेरसमूह स्वर्ण जितेका हुन्।

त्रिवि स्वर्ण पदक पाएकाहरुकै परीक्षा रद्द !

त्रिभुवन विश्वविद्यालयले सेवा आयोगले कात्तिक २६ गते प्रकासित गरेको उपप्रध्यापकपहरुको परीक्षाको नतिजामा २ सय ४० को परीक्षा रद्द गरेको थियो। परीक्षार्थीहरुले परीक्षामा अनैतिक काम गरेको आरोप लगाउँदै सेवा आयोगले रद्द गरेको परीक्षामा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरुनै छन्।

भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा नेपालकी श्रुतीलाई दुई स्वर्ण

भारतमा सम्पन्न २१ औं विश्व पावर लिफ्टिङमा नेपालकी श्रुती कार्कीले दुई वटा स्वर्ण पदक जितेकी छन्। महाराष्ट्रस्थित अमरावतीमा हालै सम्पन्न भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले दुई स्वर्ण पदक जितेकी हुन्।

स्वर्ण विजेता पलिस्था सम्मानित

थाइल्यान्डमा सम्पन्न विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्णविजेता पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् ।

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई कांग्रेसद्वारा सम्मान

१३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो ।

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्यपदक जितेको छ ।

स्वर्ण विजेतालाई झुक्क्यायो नगरपालिकाले

स्वर्ण पदक विजेता खेलाडी सन्जु चौधरीले नेपालगन्ज उपमहानगरपालिकाले खेलाडीलाई अपमानित गरेको बताएकी छिन्।

स्वर्णविजेतालाई नगरपालिकाको दराज

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता करातेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार प्रदान गरेको छ।

फर्किएला फेरि स्वर्णयुग ?

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्ति प्रक्रियालाई पछिल्लो समय निकै चासोको रूपमा हेरिन थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्