५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो: सञ्जीव र प्रेमलाई स्वर्ण

सञ्जीव नेपाली र प्रेमकुमार दर्नालले उताह अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा भएको दुईदिने च्याम्पियनसिपमा पुरुषतर्फ सञ्जीवले ३१–४० वर्ष उमेरसमूह र प्रेमकुमारले ४१–५० वर्ष उमेरसमूह स्वर्ण जितेका हुन्।

सञ्जीवले अमेरिकाका जोन स्विडेनलाई पछि पार्दै स्वर्ण जिते। प्रेमले पनि आफ्नो उमेरसमूहमा अमेरिकाकै रायन किफेलाई पन्छाउँदै स्वर्ण जितेका थिए। महिलामा भने सन्दिपा अम्गाईंले रजत पदकमै चित्त बुझाइन्। 

उनले १८–३० वर्ष उमेरसमूहमा स्वर्ण जित्दा सिंगापुरकी पोह वान जर्जियासँग पराजय बेहोरिन्। अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा सम्पन्न च्याम्पियनसिप मार्च २१ र २२ तारिखमा भएको थियो।

प्रकाशित: १० चैत्र २०७७ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App