२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

रोयल्समाथि याक्सका बलर हाबी, कर्णालीलाई १४० रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ। सुरुदेखि नै लड्खडाएको सुदूरपश्चिमको पारीलाई कर्णालीले १३९ रनमा रोकेको हो। सो क्रममा कर्णालीका बलरले सुदूरपश्चिमका ९ विकेट झार्न सफल भए।  

सुदूरपश्चिमलाई उक्त स्कोरसम्म पु¥याउन कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बरलमा ३९ रनको योगदान दिए। उनीबाहेक आरिफ शेखले २५ बलमा २७ रन, हरमित सिंहले १६ बलमा १९ रन, क्रिस लिनले २० बलमा १८ रनको योगदान दिए।  

कर्णालीका तर्फबाट कप्तान सोमपाल कामीले ३ विकेट, नन्दन यादवले २, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए।  

प्रकाशित: ८ मंसिर २०८२ १७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App