ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाल सुपर सिक्समा प्रवेश गरेको छ।
समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापानले अन्तिम ६ मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
यसअघि बुधबार भएको नेपालले कुवेतमाथि ५८ जित निकालेको थियो।
भाेलि जापान र नेपालले समूह चरण अन्त्रगतको अन्तिम खेल खेल्दै छन्।
प्रकाशित: २३ आश्विन २०८२ १९:४० बिहीबार





