१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

महिला विश्वकप : अस्ट्रेलिया र पाकिस्तान खेल्दै

आईसीसी महिला विश्वकप अन्तर्गत आज अस्ट्रेलिया  र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ।

बुधबार खेल श्रीलंकाको आर प्रेमादासा रंगशालामा  नेपाली समय अनुसार दिउँसो ३:१५ बजेदेखि सुरु हुने छ। यसअघि जारी विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा न्यूजिल्यान्डलाई हराउँदै विजयी सुरुआत गरेको थियो। त्यसपछि अस्ट्रेलिया  र श्रींलकाबिचको खेल वर्षाको कारण रद्द भयो। जारी विश्वकपमा अस्ट्रेलियाले आफ्नो तेस्रो खेल खेल्दै छ।

पाकिस्तानले भने हालसम्म खेलेको २ वटै खलेमा पराजय भोगेको छ। पहिलो खेलमा पाकिस्तान बंगालदेशसँग ७ विकेटले पराजित हुँदा दोस्रो खेलमा भारतसँग ८८ रनले पराजित भएको थियो। पाकिस्तान अस्ट्रेलियाविरुद्धको खेलमा पहिलो जितको लक्ष्य लिएर मैदान प्रवेश गर्नेछ। अस्ट्रेलिया  पनि पाकिस्तानमाथि जित्ने लक्ष्यमा हुनेछ।

प्रकाशित: २२ आश्विन २०८२ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App