१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली सेनाले लेबनानका गाउँहरू जबरजस्ती खाली गरायो

इजरायलले सोमबार लेबनानका गाउँहरू जबरजस्ती खाली गराएको छ। हिज्बुल्लाह विरुद्धको आफ्नो आक्रमण जारी राख्दै इजरायलले यस्तो गरेको हो।

एक सैन्य प्रवक्ताले आदेश जारी गर्दै भने, 'हिज्बुल्लाहको गतिविधिले इजरायली रक्षा बललाई बलपूर्वक कारबाही गर्न बाध्य पारेको छ, र हाम्रो नागरिकहरूलाई हानि पुर्‍याउने कुनै मनसाय छैन।'

उक्त आदेशले बासिन्दाहरूलाई आफ्नो गाउँबाट १ हजार मिटर टाढा रहन आदेश दिएको थियो र हेज्बुल्लाह सुविधाहरूमा पुग्ने जो कोहीले पनि आफ्नो ज्यान जोखिममा पार्ने चेतावनी दिइएको थियो।

सोमबार बिहान ५२ वटा बस्तीका लागि यस्तै खाली गर्ने आदेश जारी गरिएपछि यो घटना भएको हो।

प्रकाशित: १९ फाल्गुन २०८२ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App