२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

बानेश्वरमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ।  

मंगलबार बिहान बा २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिप्परले प्रदेश ३–००१ ब ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरलाई ठक्कर दिँदा सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइरालाको मृत्यु भएको हो।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका नायब सुब्बा कोइरालाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिप्पर चालक विकास थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App