२८ असार २०८३ आइतबार
image/svg+xml
खेल

इराकलाई छनोटका लागि दुई नयाँ खेलाडी

वर्षपछि फिफा विश्वकप खेल्न लागेको इराकले छनोटका लागि दुई नयाँ खेलाडी पाएको छ।

विश्व फुटबल महासंघ (फिफा) ले नासभिल एससीका मिडफिल्डर अहमद कासेम र डुन्डी युनाइटेडका डिफेन्डर डारियो नामोलाई इराकबाट खेल्न अनुमति दिएको हो । यससँगै इराकले दुवै खेलाडीलाई छनोट गर्न अवसर पाएको छ । डारियो र कासेमले पारिवारिक सम्बन्धका आधारमा राष्ट्रिय टोली परिवर्तन गर्न मिल्ने फिफाको नियम पूरा गरेका छन् । मध्यपूर्व द्वन्द्वका कारण इराकले यात्रा समस्याको सामना गर्नुपरेको छ । जसले गत मार्चमा ४० वर्षपछि पहिलोपटक विश्वकपमा स्थान सुरक्षित गरेको थियो । आगामी जुन ११ तारिखदेखि मेक्सिको, क्यानडा र अमेरिकामा संयुक्त रूपमा विश्वकप आयोजना हुँदै छ।

जहाँ इराक कठिन समूहमा परेको छ । यस समूहमा फ्रान्स, नर्वे र सेनेगल छन् । ती टोलीमा क्रमशः किलियन एम्बाप्पे, एर्लिङ हालान्ड र साडियो मानेजस्ता स्टार फरवार्ड छन् । इराकका प्रशिक्षक ग्राहम अर्नोल्डले यसअघि आफ्नै देश अस्ट्रेलियालाई सन् २०२२ को विश्वकपमा नेतृत्व गरेका थिए । अब उनले युरोपमा हुर्किएका थप दुई खेलाडीलाई टोलीमा समावेश गर्न सक्नेछन् । २२ वर्षीय कासेम स्विडेनमा जन्मिएका हुन् र उनले त्यहाँको उमेर समूह टोली हुँदै यु–२१ स्तरसम्म प्रतिनिधित्व गरेका थिए । उनी गत वर्ष एल्फ्सबोर्गबाट मेजर लिग सकर क्लब नासभिलमा आबद्ध भएका थिए । २० वर्षीय नामो फिनल्यान्डमा जन्मिएका हुन् । उनले मार्चसम्म पनि फिनल्यान्डको अन्डर–२१ टोलीबाट खेलिरहेका थिए।

प्रकाशित: ३० वैशाख २०८३ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App