२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) बन्ने घोषणा गरिएको छ ।  

सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच हस्ताक्षर गरिएको हो ।  

सम्झौता कार्यक्रममा बोल्दै मनोज कुमार अग्रवालले भने, ‘हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ । हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौँ । अब काठमाडौं  गोर्खाजमार्फत त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौँ।’  

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भने, ‘यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौँ र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।’  

आगामी सिजनका लागि काठमाडौं गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, साहब आलम, रसिद खान, दिपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ।

प्रकाशित: ३२ असार २०८२ १८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App