२१ मंसिर २०८२ आइतबार
image/svg+xml
खेल

लहानमा २८ विद्यालय सम्मिलित टी-२० क्रिकेट

पहिलो खेलमा अपोलोको जित

सिरहाका २८ वटा विद्यालय सहभागी ‘टी–२० प्याब्सन इन्टरस्कुल क्रिकेट लिग’ को शनिबार सुरुवाती खेलमा अपोलो ओम सेकेन्डरी स्कुलले जिबीस एलिट स्कुललाई ९ विकेटले हराउँदै जित हात पारेका छन् ।    

पहिलो ब्याटिङ गर्दै जिबीसले १४.५ ओभरमै सबै विकेट गुमाएर ५७ रन जोडेका थिए । ५८ रनको लक्ष्य पाएको अपोलेले एक विकेटको क्षतीमा ४.५ ओभरमै जित हासिल गरेका थिए । अपोलोले जिबीसलाई ९ विकेटले हराउँदै खेलमा सुरुवाती बढ्त कामय गरेको छ ।

स्कुले विद्यार्थीहरुमा रहेको क्रिकेट प्रतिभालाई पहिचान गरी प्रवद्र्धन गर्ने उदेश्यले अन्तर विद्यालय क्रिकेट खेलको आयोजना गरिएको आयोजक प्यावसनका जिल्ला अध्यक्ष उमेश चौधरीले जानकारी दिए । यस वर्षको लिगमा २८ वटा निजी विद्यालयको सहभागिता रहेको प्याब्सन सिरहाका उनले बताए ।

लहान नगरपालिका–४ यज्ञभूमि क्रिकेट खेल मैदानमा जारी क्रिकेट प्रतियोगिताको आयोजक तथा ‘टाइटल स्पोन्सर’ प्याब्सन सिरहा रहेको प्यावसनका जिल्ला उपाध्यक्ष उमेश यादवले जानकारी दिए  ।  

सिरहामा क्रिकेट प्रतिभा पहिचान हुन सकेका छैनन् । यहाँ प्रतिभाहरु प्रचुर छन् । यस प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेका क्रेकेट खेलाडीहरूको पहिचान गरी उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने यादवले विश्वास व्यक्त गरे ।

लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरले खेलकुद क्षेत्रको विकास र युवा विद्यार्थीको क्षमता पहिचान गर्न प्रतियोगिता नै मुख्य माध्यम रहेको बताए ।  यो प्रतियोगिता प्रतिभा पहिचान गर्न उपयोगी हुने उनले बताए ।  । विद्यालयस्तरमा खेलजन्य गतिविधि भइरहेकै हुन्छ हुनुपनि पर्छ । अहिलेको प्रतियोगिताले यस भेगका युवाहरुमा क्रिकेट खेलप्रतिको रुचीलाई बढाउन सकारात्मक भूमिका खेल्ने उनले बताए । यस आयोजनका लागि प्यावसनको उनले प्रशंसा गरे ।

क्रिकेट एसोसिएसन अफ नेपालसँग सहकार्यमा प्यावसनले प्रतियोगिता आयोजना गरेको हो । जसलाई लहान क्रिकेट क्लबसहित सिराहा जिल्ला क्रिकेट संघले समन्वय गरिरहेको छ ।  

 

प्रकाशित: २० मंसिर २०८२ २१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App