नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सुमन श्रेष्ठले माल्दिभ्सको शीर्ष डिभिजन लिग खेल्ने भएका छन्।
सुमनले धिवेही प्रिमियर लिग माल्दिभ्सको ओडी स्पोर्टस क्लबबाट खेल्ने भएका हुन्। बिहीबार उक्त क्लबले सामाजिक सञ्जालमार्फत सुमनलाई अनुबन्ध गरेको जनाएकाे हाे।
सुमनले विभागीय टोली एपिएफबाट घरेलु फुटबल खेल्दै आइरहेका छन्।
प्रकाशित: १३ भाद्र २०८२ १२:२६ शुक्रबार





