काठमाडौं क्षेत्र नम्बर-५ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्मित पोखरेल फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेस र नेकपा एमालेका ‘हेवीवेट’ नेताहरूलाई भारी मतले पछाडि पार्दै सानदार जित दर्ता गराएका हुन्।
अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार पोखरेलले ३० हजार ७ सय ३७ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ९ हजार १ सय ४९ मत मात्र ल्याउन सकेका छन्। विजयी पोखरेल र कांग्रेस उम्मेदवार पौडेलबीचको मतान्तर २१ हजार ५ सय ८८ रहेको छ।
यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलको अवस्था निकै दयनीय देखियो। उनी जम्मा ४ हजार ७ सय १ मत प्राप्त गर्दै तेस्रो स्थानमा खुम्चिए।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले १ हजार ९ सय २२ मत मात्र पाएका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार श्रीराम गुरुङ १ हजार १ सय मत प्राप्त गर्दै पाँचौं स्थानमा रहेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०२:०३ शनिबार





