बाँकेको दुई वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र एउटा क्षेत्रमा नेकपा एमालेले जितेको छ। मत गणनाको अन्तिम परिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाका सुरेशकुमार चौधरी, क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद इश्तियाक राई र क्षेत्र नम्बर ३ मा रास्वपाकै खगेन्द्र सुनार निर्वाचित भएका हुन्।
बाँके क्षेत्र नम्बर १ मा निर्वाचित भएका चौधरीले ३२ हजार ७ सय ९२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३ सय १ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा (एमाले) का सूर्यप्रसाद ढकालले ११ हजार १५ मत प्राप्त गरे।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नरेन्द्र पाण्डेले ६ हजार ३३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदिपकुमार शाहले ३ हजार २ सय ३४, प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) की कृष्णा केसीले १ हजार २ सय ४० मत प्राप्त गरेकी छन्।
क्षेत्र नम्बर २ मा निर्वाचित भएका एमालेका राईले २४ हजार ६ सय २८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गरे।
यसैगरी नेपाली कांग्रेसका शुधान्सु कोइरालाले १७ हजार ५ सय ९६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ऋषिराज देवकोटाले १ हजार ७ सय २३ मत प्राप्त गरे। नेकपाका दिपेन्द्र बिष्टले १ हजार ४ सय ५६ मत, जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले ९ सय ८, राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेखले ७ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी क्षेत्र नम्बर ३ मा निर्वाचित भएका रास्वपाका सुनारले २९ हजार ५ सय ५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत ल्याए। यसैगरी नेपाली कांग्रेसका अमरसिंह पुनले १३ हजार २ सय १५ मत प्राप्त गरे। नेकपाका दीपक कुमार गौरीमगरले ४ हजार १५, राप्रपाका तारकसिंह थारुले १ हजार ९ सय १२, नागरिक उन्मुक्ती पार्टीका धुर्व राज थारुले ४ सय ७४ मत प्राप्त गरेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०९:२० शनिबार





