नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत अहिले पहिलो सिजनका दुई फाइनलिस्ट जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिडिरहेका छन्।
टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले सुदूरपश्चिमलेे १४६ रनको लक्ष्य दिएको छ। उक्त लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सुदूरपश्चिमलाई पहिलो बलमै झट्का लागेको थियो। ओपनर जोस ब्राउनलाई जनकपुरका सञ्जय कृष्णमूर्तिले आउट गरेका थिए।
यस्तै दोस्रो ओभरमा पनि तेस्रो बलमै सुदूरपश्चिमलाई अर्को झट्का लागेको छ। क्रिस लिन माज सदाकतले आउट गरेका छन्।
प्रकाशित: १३ मंसिर २०८२ १७:४४ शनिबार





