नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत हालसम्म खेलेका ६ खेलमा ६ जित निकाल्दै सुदूरपश्चिम रोयल्सले ‘पहिलो क्वालिफायर’मा स्थान पक्का बनाएको छ।
बिहीबारको खेलमा चितवन राइनोजलाई ४९ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम रोयल्सले लगमा एक खेल बाँकी छँदै फाइनल नजिकको प्रतिस्पर्धा सुनिश्चित पारेको हो।
यो जितसँगै सुदूरपश्चिम रोयल्सको अंक तालिकामा १२ अंक पुगेको छ। १२ अंकसम्म अब बाँकी कोही पनि टिम पुग्नेछैनन्। सोही कारण अब सुदूरपश्चिम पहिलो क्वालिफायर मात्र नभई जारी सिजनको ‘टेबल टपर’ बन्नेमा ढुक्क बनेको छ।
पहिलाे सिजनमा पनि सुदूरपश्चिम टेबल टबर बनेरै पहिलाे क्वालिफायर खेलेकाे थियाे। पहिलाे क्वालिफायरमा जनकपुर बाेल्ट्ससँग जित निकालेर फाइनलमा पुगेकाे थियाे। तर, फाइनलमा फेरि जनकपुरसँगै भेट हुँदा पराजित भएकाे थियाे।
किनभने १० अंकसहित दोस्रो स्थानमा रहेको काठमाडौं गोर्खाजले आफ्ना सातवटै खेल खेलिसकेको छ भने तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले ६ खेल खेलेर ८ अंक जोडेको छ। उसले पनि एक खेल मात्रै खेल्न बाँकी रहेकाले १२ अंकसम्म पुग्नेछैन। बाँकी टिमहरूले पनि खेल्न बाँकी सबै खेलमा जित निकाले पनि १० अंक पनि पुग्नसक्ने सम्भावना छैन।
यता सुदूरपश्चिम रोयल्ससँग हारेको चितवन राइनोजलाई भने यो हारसँगै प्लेअफमा पुग्ने सम्भावना पनि लगभग सकिएको छ। उसको ६ खेल खेलिसक्दा ४ अंक छ। बाँकी एक खेल जिते पनि प्लेअफ पुग्नसक्ने अवस्था निकै झिनो छ।
उता चितवन र पोखरा एभेन्जर्स आजको खेलमा हारेसँगै काठमाडौं गोर्खाज र विराटनगर किंग्स प्लेअफमा पुगेका छन्।
अब प्लेअफको बाँकी एक स्थानका लागि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र चितवन राइनोजबिच गणितीय प्रतिस्पर्धा जीवित देखिन्छ।
प्रकाशित: १८ मंसिर २०८२ २०:०९ बिहीबार





