नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि शानदार जति निकालेको छ। विराटनगरले ६ विकेट जित निकालेको हो।
विराटनगरसँग लिग चरणको अन्तिम खेलमा हार बेहोर्दा सुदूरपश्चिमको हालसम्मको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाइदिएको छ। जितसँगै विराटनगरले पहिलो क्वालिफार्यसमा मंगलबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै १५० रनसहित लक्ष्य पूरा गरेको हो।
विराटनगरका लागि ओपनरद्वय साम हेज्जलेट र फाफ डु पेल्सिसले अर्धशतकीय पारी खेले। यी दुईले पावरप्लेमा ८७ रन बनाएका थिए। पहिलो विकेटका रूपमा फाफ डु पेल्सिसको विकेट गयो। उनले २० बलमा ५ चौका र ४ चौका प्रहार गरे। पहिलो विकेटका लागि फाफ डु पेल्सिस र साम हेज्जलेटले १ विकेटको लागि ९७ रनको साझेदारी गरे।
दोस्रो विकेट साम हेज्जलेटको गयो। उनले २७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रनमा क्याच भए।
मार्टिन गप्टिल २२ रनमा रनआउट भए। उनले ९ बलमा ३ छक्कासहित २२ रन बनाए। वसिर अहमद ८ रनमा क्याच भए।
सुदूरपश्चिम रोयल्सका लागि अभिनाश बोहोराले २ र हर्मित सिंहले १– १ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे। विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन र प्रतिश जिसीले दुई विकेट हात पारे।
सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोड्दै पहिलो क्वालिफायरमा पुगिसकेको छ। आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई यो जितसँगै पहिलो क्वालिफायर खेल्ने छ।
सुदूरपश्चिमसँग नै विराटनगरले पहिलो क्वालिफायरमा खेल्नेछ। त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौं गोर्खाज भिड्ने छन्। आजै अपराह्न ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: २० मंसिर २०८२ १४:२५ शनिबार





